nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 9th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका ५ सय ८१ ले कोरोना विरुद्धको खोप लगाए

4-1615303371.jpg

मकवानपुर थाहा नगरपालिकामा संचालन भएको दोस्रो चरणको कोरोना भाइरस विरुद्धको खोप ५ सय ८१ जनालाई लगाइएको छ । ५ वटा खोप केन्द्र तोकिएको मध्ये ३ वटा केन्द्रमा खोप लगाउने कार्यक्रम सकिएको छ । थाहानगरले संचालन गरेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्र खोप केन्द्रमा ३२३, टिष्टुङ स्वास्थ्य चौकी खोप केन्द्रमा १२९ र आग्रा स्वासथ्य चौकी खोप केन्द्रमा १२९ जनाले खोप लगाएको स्वास्थ्य शाखाका मेघराज बलामीले जानकारुी दिए ।

नगरका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप केन्द्रमा खोप लगाइएको हो । सरकारले २३ फागुनदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरेको छ । 

यसअघि पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालक, पत्रकार, कुटनीतिक नियोगका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र निजामती कर्मचारीलाई खोप दिइएको थियो ।

थाहानगरमा २८ फागुनसम्म खोप अभियान संचालन हुने छ । यो अभियानका लागि थाहा नगरपालिकालाई १ हजार ६ सय खोप प्राप्त भएको छ । सरकारले भने कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । पहिलो चरणअन्तर्गत देशभरका गरी १ दशमलव ४ प्रतिशतलाई खोप प्रदान गरिएको छ ।

यसअघि सरकारले भारत सरकारको अनुदानमा १० लाख मात्रा खोप र खरिद गरिएको १० लाख मात्रा खोप ल्याइसकिएको छ भने १० लाख मात्रा खोप भारतबाट ल्याउने प्रक्रियामा छ ।

थाहानगरका कुन स्वास्थ्य चौकीमा कहिले ः

  • मिति २०७७फागुन २३ गते पालुङ प्राथमिक स्वास्थ्य केन्द्र
  •  मिति २०७७फागुन २४ गते टिष्टुङ स्वास्थ्य चौकीभवन
  • मिति २०७७फागुन २५ गते आग्रा स्वास्थ्य चौकी
  • मिति २०७७फागुन २६ गते बज्रवाराही स्वास्थ्य चौकी
  • मिति २०७७फागुन २८ गते चित्लाङ स्वास्थ्य चौकी
     


https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)