nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका स्वास्थ्यकर्मीसहित पाँचजनामा कोरोना संक्रमण पुष्टि

COROOO-1603627456.jpg

मकवानपुर थाहा नगरपालिकामा रहेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

कोरोना संक्रमण पुष्टि हुने नापी कार्यालय शिखरकोटकी प्रमुख ३४ महिला, सोही कार्यालयका कर्मचारीहरु ५६ वर्षिया महिला र २३ वर्षिया पुरूष र सेन्चुरी कर्मर्सियल बैंक दामन शाखाका कर्मचारी २४ वर्षका पुरुष रहेका छन् ।

त्यस्तै पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी २५ वर्षिया पुरुषमा पनि ९ कात्तिकमै कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्यकर्मीको काठमाण्डौं स्थित स्टार हस्पिटल र बाँकी चार जनाको हेटौंडा स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । उनीहरु मध्ये सेन्चुरी बैंकका कर्मचारी थाहानगर बाहिर छन् भने बाँकी थाहानगरमै रहेको डाक्टर सुबोध चापागाईले जानकारी दिए । उनीहरुलाई होमआइसोलेशन वा अरु कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर छलफल भैरहेको डाक्टर चौलागाईले बताए ।

हाल थाहानगरमा यसअघि ४ जना कोरोना संक्रमित होम आइसोलेशनमा बसिरहेका छन् । 

20201025_164409-1603623947.jpg

List

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)