nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका घलान काठमाडौंबाट पक्राउ

ghalan-1610773994.jpg

मुद्दा मिलाइदिने प्रलोभन देखाएर रकम मागेको अभियोगमा मकवानपुरको थाहानगरका एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त थानकोटमा अनुसन्धानको क्रममा रहेको मुद्दा मिलाइदिन्छु भनि पीडित पक्षसँग ९० हजार रुपैयाँ मागेको अभियोगमा थाहा नगरपालिका–१२ का ३९ वर्षीय चन्द्र लामा भन्ने बुद्धि बहादुर घलानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट पक्राउ गरेको हो । घलान उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)