nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका कोभिड बिरामीलाई एम्बुलेन्स भाडामा आधा छुट

thahaaaaaa-1621248956.jpg

कोभिड-१९ को दोस्रो भेरियन्टबाट थाहानगरमा धेरै संक्रमित हुन थालेपछि सबै बिरामीलाई एम्बुलेन्समा आधा भाडा छुट दिने निर्णय गरेको छ ।

कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समिति र एम्बुलेन्स व्यवस्थापन समितिका पदाधिकारीहरुको ३ जेठमा बसेकाे बैठकले थाहानगरभित्रबाट नगरभित्रकै स्वास्थ्य केन्द्रसम्म ल्याउन लान प्रचलित भाडा दरमा आधा छुट दिने निर्णय गरेको हो । बैठकले आधा भाडा समेत तिर्न नसक्ने बिपन्न परिवारका बिरामीलाई भने वडा कार्यालयको सिफारिसमा पुरै भाडा छुट दिने निर्णय गरेको छ ।

यसैबीच, थाहानगरमा एम्बुलेन्सको अभाव टार्न कोभिड बाहेकका बिरामी बोक्न जिम्मा लगाएको अटोरिक्सालाई जनगुनासो नआउने गरि भाडा लिन निर्देशन दिएको छ । अटो व्यवसायी संघका पदाधिकारीहरुसङ्ग बसेको बैठकले अटोलाई कोरोनाको बिरामी नबोक्न निर्देशन दिएको छ । कोरोनाको बिरामी बोक्दा संक्रमणको जोखिम बढ्न सक्ने भन्दै कोभिडको बिरामी नबोक्न र अन्य प्रयोजनका लागि अटो संचालन नगर्न अनुरोध गरेको हो । २ जेठसम्म थाहानगरमा २ सय २ जनामा कोरोना संक्रमण भैसकेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)