nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरकाे कुन्छालमा होमस्टेले गति लिँदै

kunxal-1613397940.jpg

थाहानगरको प्रसिद्ध पर्यटकीय गाउँ ‘कुन्छाल’ संचालित होमस्टेलाई थप व्यवस्थित बनाउनको लागि तालिम दिइएको छ । कुन्छालका २० घरमा संचालित होमस्टेलाई अझ व्यवस्थित तगर्नको लागि सुनौलो सामुदायिक अध्ययन केन्द्रले तालिम दिएको हो । तालिमका लागि थाहा नगरपालिका र अध्ययन केन्द्रले संयुक्त रुपमा आर्थिक व्यवस्थापन गरेका हुन् । 

तालिम समापनको अवसरमा थाहा नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी लवशेर विष्टले कुन्छालको संस्कृति र पहिचान मेटिन नदिने गरी काम गर्न आग्रह गरे । विष्टले भने,–‘सन् २०१८ मा पर्यटकीय गाउा घोषणा भएको कुन्छालको विकासका लागि स्थानीय नै अघि बढ्नुपर्छ, साथ दिने हामी छौं ।’ ऐतिहाँसिक कुन्छालमा पर्यटकलाई आकर्षण गर्नका लागि यहाँको घरको   संरचना र जोगाइ राख्न अनुरोध गरे ।  प्रमुख विष्टले होमस्टे व्यवस्थापन समितिले निर्णय गरेर ल्याएका कुरा नगरले कानूनी रुपमा अघि बढाउने कुरालाई निर्णग गर्ने र कार्यान्वयमा आवश्यक समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे । महिलाहरुको आर्थिक सम्वृद्धिको लागि होमस्टे प्रभावकारी हुने बताउँदै विष्टले पुँजीकै अभाव भएका नगरले त्यसको प्रारम्भिक सहयोगका लागि समेत सहकार्य गर्ने बताए । 

कार्यक्रममा कुन्छाल सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सानुकाजी गोपालीले कुन्छाल होमस्टेलाई सबै ठाउामा परिचय दिनसक्ने गरी संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे । यहाँको ‘ब्राण्ड’ खानाहरु समेत पहिचान गरेर पर्यटकलाई आकर्षित गर्ने उनको धारणा रहेको थियो । थाहा–११ का वडा अध्यक्ष किरणमान बलले सिंगो नगर नै कृषि र पर्यटनको नारा लिएर अघि बढ्दै गरेको अवस्थामा कुन्छालले पनि इटा थपेको बताए । संस्कृति सिक्न र परिवेश बुझ्न होमस्टे आन्तरिक तथा बाह्यि पर्यटकहरुलाई प्रभावकारी हुने भनाइ राखे । उनले भने–‘म समेसम्म होमस्टेमै बस्न रुचाउँछु, मलाई होमस्टे मन पर्छ, यसको प्रवद्र्धन गर्नुपर्छ भन्ने मेरो आशय हो ।’ थाहा–१ का वडा अध्यक्ष हेरमान गोपालीले कृषि र पर्यटन एक आपसमा सम्बन्धीत क्षेत्र रहेकोले यसको विकास र प्रवद्र्धनमा आफू सँधै प्रतिबद्ध भएको बताए । पुरानो गाउँ कुन्छालमा पर्यटकलाई आकिर्षत गर्न थालनी भएको होमस्टेलाई दिगो रुपमा बढाए आर्थिक सम्वृद्धिमा टेवा मिल्ने बताए । 

कार्यक्रममा नेकपाबागमती प्रदेश सचिवालय सदस्य विष्णु विष्ट ‘आदर्श’, वडा नम्बर २ का वडा अध्यक्ष गुप्त बहादुर कार्की, वडा नम्बर १ का वडा सदस्य रुपचन्द्र गोपाली, थाहा नगरपालिका पर्यटन शाखाका सुरजकुमार भुजेल, कुन्छाल महिला बाँसुरी समुहका पदाअधिकारीहरु, प्रशिक्षक प्रम गोपाली लगायतकाको आतिथ्यता रहेको थियो । सो अवसरमा सहभागीहरुलाई व्यवस्थित होमस्टे संचालन गर्ने व्यहोरा लेखिएको प्रतिवद्धता पत्र तथा मायाँको चिनो वितरण गरिएको थियो । कार्यक्रमका सहभागीहरुलाई बाँसुरी समूहका पदाअधिकारीहरुले धुन बजाएर स्वागत गरेका थिए । सुनौलो सामुदायिक अध्ययन केन्द्र बज्रवाराहकिा अध्यक्ष रुपचन्द्र गोपालीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रम निराजन गोपालीले संचालन गरेका थिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)