nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरकाे कुन्छालमा 'ड्राई आइसोलेशन सेन्टर' संचालन हुने

Dry-1621221265.jpg

थाहानगरमा होम आइसोलेशनमा बसिरहेका कोरोना संक्रमितहरु लक्षित गरि थाहा नगरपालिका १ कुन्छालमा "ड्राई आइसोलेशन सेन्टर" संचालन हुने भएको छ ।

कुन्छालस्थित गुठी भवनमा आवस्यक बेड व्यवस्था गरि सो सेन्टर संचालन गरिन लागेको कोरोना टोल रोकथाम तथा नियन्त्रण समितिका सदस्य रुपचन्द्र गोपालीले सामाजिक संजालमार्फत बताएका छन् । हालसम्म १६ वटा बेड तयार भैसकेको जनाएको छ । सेन्टर संचालनका लागि वडा कार्यालयबाट एक लाख अनुदान सहयोग गरिएको वडाध्यक्ष हेरमान गोपालीले बताए । सेन्टर संचालनका लागि जनस्तरबाट समेत आर्थिक संकलन भैरहेको समितिले जनाएको छ ।

थाहानगरमा आइतबारसम्म कुल २ सय २ जना संक्रमित भएका छन् भने १ नम्बर वडामा मात्रै ३१ जना संक्रमित छन् । संक्रमित सबै होम आइसोलेशनमा छन् । बिरामी होम आइसोलेशनमा रहेपछी परिवारका अन्य सदस्यहरु पनि जोखिममा रहेपछि समितिले सो सेन्टर संचालनको योजना बनाएको हो । उता, नगरपालिकाद्वारा तयार गरिरहेको बज्रबाराही चौरस्थित आइसोलेशन संचालनको अन्तिम तयारीमा छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)