nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 16th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाको १२ वटै वडामा एमालेको अधिवेशन, सर्वसम्मत् नेतृत्व चयन (अध्यक्षहरुको सूचीसहित)

cpn-1635005787.jpg

नेकपा एमालेले थाहा नगरपालिकाको १२ वटै वडामा वडा अधिवेशन सम्पन्न गरी वडा कमिटीहरु गरेको छ । एमालेको विधान महाधिवेशनले पारित गरेको विधान र केन्द्रीय कमिटीको सर्कुलर अनुसार थाहा नगरका सबै वडामा ६ कात्तिकमा वडा अधिवेशनहरु सम्पन्न भएको हो । 

थाहा नगरमा १२ वटै वडामा गरी ३७२ जना पार्टी सदस्यहरु वडा कमिटीमा आवद्ध भएका छन् । विधान अनुसार वडा अधिवेशनबाट प्रत्येक वडामा अध्यक्ष, उपाध्यक्ष, सचिब र २ जना उपसचिबसहित ३१ सदस्यीय वडा कमिटी गठन गरिएको एमाले थाहा नगरका सचिब कुमार नेगीले जानकारी दिए । 

थाहाको १ नम्बरमा गोविन्द गोपाली, २ नम्बरमा केदार बिडारी, ३ नम्बरमा केदार बिष्ट, ४ नम्बरमा रामराजा केसी, ५ नम्बरमा श्यामसुन्दर भोम्जन र ६ नम्बरमा सौगात बलामी  एमालेको वडा कमिटी अध्यक्ष चयन भएका छन् । त्यसैगरी वडा नम्बर ७ मा शम्भु खत्री, वडा नम्बर ८ मा रविन्द्र सापकोटा, वडा नम्बर ९ मा रामकृष्ण कपाली, १० मा  विनोद बस्नेत, ११ मा सूर्यबहादुर दोङ र १२ मा मनन स्याङ्तानले वडा कमिटीको नेतृत्व लिएका छन् । 

एमाले थाहाका अध्यक्ष अच्युत्तमप्रसाद ढकालका अनुसार थाहाका सबै वडामा सर्वसम्मत् कमिटी चयन गरिएको हो । वडा अधिवेशन सम्पन्न गराउन एमालेका जिल्ला कमिटीका सदस्यहरु र नगर कमिटीका सदस्यहरु खटिएका थिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

cpn-1635005789.jpg