nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाका तीन युवा लियो जिल्ला परिषदको नेतृत्वमा 

leo-guies-1622280257.jpg

थाहा नगरपालिकाका तीन सक्रिय युवाहरु लियो जिल्ला परिषदका नेतृत्वशाली पदमा मनोनित भएका छन् । लियो क्लब अफ पिस थाहाका संस्थापक अध्यक्ष अनित बिष्ट, निवर्तमान अध्यक्ष अनन्त ढकाल र वर्तमान अध्यक्ष सफल प्रधानलाई लियो जिल्ला परिषद ३२५ बी १ नेपालको लायन वर्ष २०२१/०२२ को लागि परिषद अध्यक्ष प्रकाश थापा क्षेत्रीले विभिन्न नेतृत्वशाली पदमा मनोनित गरेका हुन् । 

मनोनितबाट बिष्ट जिल्ला परिषदको निर्देशक भएका छन् भने ढकाल सहसचिब भएका छन् । त्यसैगरी प्रधानलाई विभागीय सचिब पदमा मनोनित गरिएको छ । 

विष्टले यसअघि लियो जिल्ला परिषदअन्तर्गत लियो ब्राण्डिङ डिपार्टमेन्ट चियरपर्सनको रुपमा काम गरेका थिए । त्यसैगरी ढकालसँग वर्ष २०२०/०२१ मा रिजन-७ मा को-अर्डिनेटर भई काम गरेको  अनुभव छ । नेपाल जेसीजबाट पुरस्कृत वक्ता अनित राष्ट्रिय स्तरका कार्यक्रमहरुमा उद्घोषण गर्छन् ।  त्यसैगरी ढकाल सञ्चारकर्मी हुन् । हाल उनी पालुङ जेसीज वर्ष २०२१ को शाखा सम्पादकको रुपमा समेत क्रियाशील छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)