nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

तरकारी जोनलाई सुपरजोनमा स्तरोन्नती गर्न सिफारिस

JOn-1599142236-1614180599.jpg

मकवानपुरमा संचालन भैरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोनलाई सुपरजोनमा स्तरोन्नतीका लागि सिफारीस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको १२ फागुनमा बसेको बैठकले तरकारी जोनलाई सुपरजोनमा स्तरोन्नती गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले जिल्लामा सञ्चालित तरकारी जोनलाई सुपरजोनका लागि सिफारीस गरेको हो । बैठकले विगत ४ वर्ष देखि मकवानपुरमा सञ्चालित तरकारी जोनको कार्यक्षेत्र थाहा नगरपालिका र ईन्द्रसरोवर गाउँपालिकामा संचालित परियोजनालाई सुपरजोनका लागि सिफारिस गरेको हो । 

सुपरजोनका लागि जिल्ला समितिले प्रदेशको कृषि मन्त्रालयमा र प्रदेश मन्त्रालयले केन्द्रमा सिफरीस गरेर निर्धारण हुने अध्यक्ष खुलालले बताए । बैठकले जिल्लामा जिल्लामा उत्पादित बालिहरुको प्राथमिकिकरण समेत गरेको छ । स्थानीय तहहरुका कृषि शाखा तथा प्रतिनिधिबाट प्राप्त तथ्याङ्कको आधारमा जिल्लामा खेती भईरहेका बालिहरु तथा पशु व्यवसायको प्राथमिकिकरण गरिएको उनले बताए । स्थानीय तहहरुबाट प्राप्त तथ्याङ्कका आधारमा जिल्लामा एक नम्बरमा तरकारी÷आलु खेतीलाई प्राथमिकिकरण गरिएको छ । यस्तै दोस्रोमा मकै, तेस्रोमा बाख्रा पालन, चौथोमा धान र पाँचौमा अदुवा÷बेसारलाई प्राथमिकिकरण गरिएको उनले जानकारी दिए । 

बैठकमा समितिका सदस्यहरु प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुशील केसी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालयका मनोहर रिजाल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जगनाथ दाहाल, राष्ट्रिय अनुसंधान कार्यालयका उप अनुसंधान निर्देशक लीलाधर पौडेल, निमित्त समन्वय अधिकारी भीमलाल महर्जन, परियोजना प्रमुख महेश्वर लामिछाने, उद्योग वाणिज्य संघ मकवानपुरका प्रतिनिधि कृष्ण प्रसाद ढुंगानालगायतको सहभागिता थियो ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)