nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

तत्काल लघुवित्त बैठक नगर्न निर्देशन, औषधि पसलेलाई सचेत गर्दै

Thaha-1619886916.jpg

पछिल्लो समय थाहानगरमा कोरोनाको जोखिम बढ्दै गएपछि नगरपालिकाले कडाइ गर्ने भएको छ । १८ वैशाखमा नगरपलिकामा बसेको सर्वपक्षिय बैठकमा थाहानगरमा कोरोनाको जोखिम न्यूनिकरणका उपायहरुमा छलफल भएको छ । बैठकले तत्कालका लागि समूह संचालन गरिरहेका वित्तीय संस्थाहरुलाई समुहको बैठक नगर्न निर्देशन दिने निर्णय गरेको छ । 

यसैगरी, बिरामी सुरुमा स्थानीय औषधि पसलहरुमा पुग्ने हुँदा कोरोनाको लक्षण देखिएका बिरामीहरुको विवरण स्वास्थ्य कार्यालयमा दिन निर्देशन दिइने भएको छ । कोरोना जोखिमको न्यूनिकरणमा औषधि व्यवसायीहरुको समेत महत्वपुर्ण भूमिका हुने हुँदा १९ वैशाखका लागि बैठक बोलाइएको थाहानगरका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए ।

बैठकले राजनीतिक दलहरुले यो संकटको अवस्थामा आफ्ना तत्लो तहसम्मका कार्यकर्ताहरुलाई सचेतना फैलाउन सहयोग पुर्याउन आग्रह गरेको छ । यसैगरी मास्क नलगाई हिड्नेहरुलाई नेपाल प्रहरीले जरिवाना लगाउन थालिसकेको हुँदा सोको न्यूनिकरणका लागि पालुङ जेसीजलाई प्रचारात्मक भूमिकामा सहयोग गर्न आग्रह गरेको छ ।

यसैगरी, बजार क्षेत्रमा अनावश्यक भीडभाड नगर्न र गरिएको पाए नगरपालिका वा प्रहरीमा खबर गर्न आग्रह गरेको छ । नगरपालिकाले नियमित बजार अनुगमन गरि संकटको बेला कालोबजारी गर्ने, बजारमा कृतिम अभाव सिर्जना गर्ने तथा म्याद गुज्रेको सामान विक्री गर्नेलाई प्रचलित ऎन बमोजिम कार्बाही गर्ने निर्णय समेत गरेको छ ।