nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 16th April, 2024
वि.स.
1000043965-1707579226.jpg

ट्याक्टरले किचेर सह–चालकको मृत्यु

death-body-1617515744.jpg

विराटनगरमा आइतबार बिहान ट्याक्टरले किचेर सह–चालकको घटनास्थलमै मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१४ स्थित सिंघीया खोलानजिक ट्याक्टरले किचेर सह–चालक २५ वर्षीय कामेश्वर कामतको ज्यान गएको हो । 

सडकमा गुडिरहेको को २ त २७३४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर सडकमा पल्टिदा घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । 

अचानक पल्टिएको ट्याक्टरले विराटनगर –१४ घर भएका सह–चालक कामतलाई किचेको थियो । उद्धार गर्न नपाउँदै उनको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेका चालकको खोजी भइरहेको डीएसपी राईले बताए । 


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)