Saturday, 1st August, 2026
वि.स.

झापामा पुरुषको घाँटी काटेर हत्या

jhapa-1599039329.jpg

शिवसताक्षी नगरपालिकास्थित बजारबाट एक किलोमिटर उत्तर रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा एक जना पुरुषको शव भेटिएको छ । घाँटी काटिएको अवस्थामा स्थानीय २८ वर्षीय गोविन्द मगरको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार मगरको शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ ।
प्रारम्भिक जाँचमा घाँटी काटिएको पाइएको छ, अन्य चोटपटकबारे पोष्टमार्टमपछि नै थाहा होला’, कोइरालाले  भने ।प्रहरीका अनुसार मगर वैदेशिक रोजगकारीका लागि बहराइन गएर केही महिनाअघि फर्किएका थिए ।

स्रोतका अनुसार मगर एक जना साथीले बोलाएपछि मंगलबार साँझ साढे ६ बजे घरबाट निस्किएका थिए । प्रहरीले घटनास्थलबाट एउटा मोटरसाइकल पनि बरामद गरेको छ । त्यसैले दुवै जना मोटरसाइकलमा त्यहाँसम्म पुगेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

अहिले अनुसन्धानका लागि प्रहरीले संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट ट्याकर डग घटनास्थलमा ल्याएको छ भने अनुसन्धानमा सहयोगका लागि १ नं। प्रदेश प्रहरी कार्यालयबाट पनि एउटा टोली शिवसताक्षीमा छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०







Thaha-002-1774415222.gif