Tuesday, 16th June, 2026
वि.स.

जोर गतेमा जोर र बिजोर गतेमा बिजोर नम्बर प्लेटका सवारीसाधन गुड्न पाउने

नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीको नयाँ व्यवस्था अनुसार ३० जेठदेखि जोर–बिजोर प्रणाली लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। ३० जेठदेखि काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाभित्र मात्र निजी सवारी साधन जोर–बिजोर प्रणालीमा चलाउन पाइने भएको छ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिने छ । एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालका अनुसार भोलिदेखि सञ्चालन हुने जोर–बिजोर प्रणालीमा निजी सवारी साधन मात्र चल्न पाइने कुरा जानकारी दिए।

जसअनुसार चार पांग्रे सवारी साधनमा चालकसहित ३ जना मानिस मात्र र दुई पांग्रे सवारी साधन (मोटरसाइकल, स्कुटर, मोपेड) मा भने चालक १ जना मात्र सञ्चालन गर्न पाइने बताए।

जोर–बिजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र बिजोर गतेका दिन बिजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नुपर्ने महाशाखाले जनाएको छ।

अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू बेलुका ९ः०० बजेदेखि विहान ५ः०० बजेसम्म भने चलाउन रोक लागाइएको छ । तर, कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माइक्रो, हाइस, ट्याक्सी, ट्याम्पो भने चल्न पाइने छैन।

महाशाखाका प्रमुख ढकालले ११ चैतदेखि गरिएको बन्दाबन्दी पूर्ण रूपमा पालना गरिदिएकोमा काठमाडौं उपत्यकाबासी र आम नागरिकहरूलाई धन्यवाद प्रदान गरेका छन् । साथै उनले भोलिदेखि लागू हुने नयाँ व्यवस्थालाई पनि अनुशासित भई पूर्ण रूपमा पालनाको लागि अनुरोध गरेका छन्।

अत्यावश्यक काम बाहेक जोर–बिजोर प्रणालीलाई उल्लंघन गरेर सवारी साधन चलाउने उपर भने विभिन्न चेकप्वाइन्टमा खटिएका ट्राफिक प्रहरीले चेकजाँच गरी नियमानुसार कारवाही गर्ने कुरा महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए। उनले उपत्यका भित्रने र बाहिरिने सवारी साधनलाई भने अनिवार्य पास लिएको हुनुपर्ने बताए।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०