nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जहाँ, स्कुलमै खाना पकाउन सिकाइन्छ !

cooking-1618411759.jpg

मोति भुजेल ।

स्कुल भन्ने बित्तिकै हाम्रो दिमाखमा आउने चित्र भनेको जहाँ हामी अक्षर चिन्छौं । जहाँ अक्षर पढाउने र पढ्ने गरिन्छ । शिक्षा आर्जन गरिन्छ । तर यो यस्तो स्कुल हो जहाँ खाना पकाउन सिकाइन्छ । मिठा मिठा खानाका परिकारहरु पकाएर पाहुनालाई चखाउने र आँफु पनि चाख्ने गरिन्छ । रमणीय र पर्यटकीय शहर पोखराको छोरेपाटन डेभिज फल्स बाट २ की मी पश्चिममा जङ्गलको बिचमा  दुईपाखे नेपाली घरहरु छन् । त्यहाँ भित्र आधुनिक चुल्होमा खाना पकाउँदै गरेका कलिला हातहरु भेटिन्छन् ।

गेट भोकेशनल फ्याब स्कूल, आफैमा एउटा नमुना व्यावहारिक शिक्षा प्रदान गर्ने शैक्षिक संस्था हो । शिक्षण होटलको प्रभावकारी भूमिका खेल्दै फ्याब स्कूलले आफ्नो स्थापना २०७३ सालदेखि नै विभिन्न विभागीय होटल तालिम बाट देश तथा विदेशमा युवाहरुलाई सफतापूर्वक रोजगारी दिलाउन सक्षम छ । काठमाडौं मण्डीखाटारमा रहेको ग्लोबल एकाडेमी अफ टुरिजम एण्ड हस्पिटालिटि एजुकशनको भगिनी संस्थाको रुपमा फ्याब स्कूलले हाउस किपिङ, कुलिनारी, बेकरी, फ्रन्ट अफिस, सर्विस्, बरिष्टा लगायत विभिन्न शिप मुलक व्यवाहारिक तालिम दिंदै दक्ष जनशक्ति उत्पादनमा उलेख्निय योगदान पुर्याउँदै आएको छ । विधार्थीहरुलाई सिपमुलक तालिममा दक्ष बनाई सक्षम जनशक्ति उत्पादन गर्ने प्रमुख उदेश्य लिएको यस संस्थाको पढाईको स्वरूप र पढाउने शैलि निकै फरक रहेको छ ।

बिहानीको शुरुवात योगा र ध्यान बाट सुरु हुँदै वास्तविक पाहुनालाई आतिथ्य सत्कार दिँदै यहाँका विद्यार्थीहरुको दैनिकी सुरु हुन्छ । सैदान्तिक भन्दा व्यावहारिक शिक्षाले विद्यार्थीको मनोबल बढ्नुको साथ न्यूनतम योग्यताको पनि समानान्तर विकास भएको पाइन्छ । व्यावहारिक सिपमुलक शिक्षा बाहेक अतिरिक्त सामाजिक शिक्षामा सामाजिक सन्तुलनको एउटा राम्रो प्रयास गर्दै फ्याब स्कूलका हरेक बिद्यार्थीले महिनावारी र त्यसबाट महिलाको दैनिकीमा पर्ने असर अनि त्यसको व्यवाहारिक रुपान्तरणको बारेमा हरेक हप्ता बेग्लै कक्षा लिन्छन् । महिलाको महिनावारी प्रकृतिक स्वरुप प्रति  उचित बुझाई पछि गरिने सम्मान र समान व्यवहारले स्कलमा मात्रै नभइ बाहिरी समाजमा पनि राम्र प्रभाब परेको छ । त्यस्तै विभिन्न सामाजिक घटना, दुर्घटनालाई न्यून गराउन लागु औषध, सडक सुरक्षा, अग्नि नियन्त्रण, आत्मरक्षा र अभिभावकीय शिक्षा कलाको थुप्रै परिवर्तनकारी तालिका सत्रहरु पनि निरन्तर सञ्चालमा छन् । सामाजिक, आर्थिक र लैङ्गिक विभेदको चपेटा परेर उचित शिक्षा र अवसरबाट वञ्चित युवाको भविष्य उज्ज्वल पार्ने सपनाका साथ फ्याब स्कूलले विभिन्न संघ संस्थाहरु संग सहकार्य गर्दै विपन्न, सामाजिक उत्पीडन र कमजोर आर्थिक स्थिति भएका पारिवारिक पृष्ठभूमि बाट आएका  युवा विद्यार्थी हरुलाई पूर्ण र आंशिक छात्रवृत्ति योजनामा विभिन्न तालिम दिँदै रोजगारीको सम्पूर्ण अवसर दिँदै आएको छ । विभिन्न देशका शैक्षिक संस्था सँग सहकार्य गर्दै विद्यार्थी आदानप्रदान कार्यक्रम सञ्चालन गरिसकेको फ्याब स्कूलले स्वीजरल्या्ड, नर्वे, भियतनाम, फ्रान्स र हङ्कङको अन्तराष्ट्रिय विद्यार्थीलाई नेपाल तथा नेपाली विद्यर्थीहरुलाई विदेशमा तथा स्वदेशमै अनुभव र शिप आदानप्रदान कार्यक्रमको महत्वपूर्ण अवसर दिलाइरहेकाृ छ ।

पर्यटन तथा आतिथ्य सत्कारको व्यवसायमा दक्ष युवा जनशक्ति उत्पादन गर्ने प्राथमिकतामा हालै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सी टी इ भी टी) बाट स्वीकृति प्राप्त विभिन्न व्यवाहारिक तालिमहरु सञ्चालन भईरहेका छन् । खुसी प्राप्त हुने गरेको यसै गेट भोकेशनल फ्याब स्कूलका महा प्रबन्धक श्री विवेक पौडेल बताउनु हुन्छ। कुनै समय आफै विद्यार्थी हुँदाको अनुभव अहिले रुपान्तरण गर्दै युवा माझ फैलाउन पाउँदा निकै सन्तुष्ट महसुस गरेको बताउनु हुन्छ। चरम बेरोजगारीको चपेटामा लाखौं युवा विदेशिएका छन् । यो तीतो यथार्थलाई केहि हद सम्म भए पनि रोक्नको लागी यो शिक्षण होटलको स्वरूपमा विभिन्न व्यवसायिक व्यावहारिक तालिम दिंदै गरिखाने शिक्षाको विकाशमा टेवा पुर्याएको छ । स्वदेशमै अथाह सम्भावना र अवसर हुँदाहुँदै बिना सिप बिदेशिने युवालाई स्वदेशमै स्वरोजगार तथा रोजगारीको  अवसर सिर्जना गर्न सक्ने यस्ता व्यवाहारिक शिक्षा प्रदायक संघ संस्थाको स्थापना र सञ्चालनमा राज्यको ध्यान जानु जरुरि देखिन्छ ।