nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 17th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जबरजस्ती करणीको अभियोगमा मकवानपुरका एकजना पक्राउ

pakarau-1612682949.jpg

प्रहरीले जबरजस्ती करणीको अभियोगमा बागमती गाउँपालिका वडा नम्बर ३ घट्टेडाँडाका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४५ वर्षीय भिमबहादुर मोक्तान रहेका छन् ।

मोक्तानलाई स्थानीय ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मोक्तानले ती महिलालाई माघ ५ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले निजलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाइरहेको प्रहरीले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)