nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जन्मदिनमा निरजले गरे फर्निचर सहयोग

Kursi-1614182602.jpg

पालुङ जेसीज वर्ष २०२१ का कोषाध्यक्ष निरज रायमाझीले आफ्नो जन्मदिनको अवसरमा फर्निचर सहयोग गरेका छन् । कोषाध्यक्ष निरजले रायमाझी कुलदेवता समितीलाई १२ फागुनमा फर्निचर सहयोग गरेका हुन् । रायमाझी कुलदेवता समिति मकवानपुरका उपाध्यक्ष सुकदेव रायमाझीलाई फर्निचर सहयोग गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा रायमाझी कुलदेवता समिति मकवानपुरका सचिव राजाराम रायमाझी र कोषाध्यक्ष तस्वीर रायमाझीको पनि उपस्थिती रहेको थियो । पालुङ जेसीज वर्ष २०२१ का अध्यक्ष नवराज लामाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । 

कार्यक्रममा पालुङ जेसीज २०२० का निवर्तमान अध्यक्ष जेसी मनोज रायमाझी, कानुनी सल्लाहकार अनिता बिष्ट, महासचिव संगम कार्की, उपाध्यक्ष माधव कार्की, पर्यटन संयोजक गणेश बिष्ट र अर्थ संयोजक कुमार रायमाझी तथा फरक सोचका संयोजक यादबजंग रायमाझी, कोषाध्यक्ष निरजका आमा बिमला रायमाझी तथा रायमाझी कुलदेवता समितीका अन्य पदाअधिकारीहरुको समेत सहभागिता रहेको थियो 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)