nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जङ्गलमा लागेको आगो घरमा पुग्दा मकवानपुरमा एक महिलाको मृत्यु

dead-body-1617602466.jpg

मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रितिबहादुर सिन्तानको घर र गोठमा डढेलोका कारण आगलागी हुँदा निजका श्रीमती हस्तमायाको मृत्यु भएको हो । साथै उक्त आगलागीमा परेर उनको गोठमा रहेका १० खसीबाख्रा, अन्नपात र लत्ताकपडासमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । रासस



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)