Wednesday, 17th June, 2026
वि.स.

चुनाव चिह्न हलो राखेर दल दर्ता गर्ने राप्रपामा सहमति

Rpp-1600734655.jpg

छ महिना पहिले एकता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनाव चिह्न हलो राख्ने विषयमा सैद्धान्तिक सहमति गरेको छ ।एकीकरण हुनुअघिको राप्रपा र राप्रपा संयुक्तको कार्यसम्पादन समितिको सोमबार छुट्टाछुट्टै बसेको बैठकपछि हलो चिह्नमा सहमति जुटेको राप्रपा एक अध्यक्षले जानकारी दिए । हलो साविक राप्रपा संयुक्तले प्रयोग गर्दै आएको चिह्न हो ।

ती अध्यक्षका अनुसार कमल थापा नेतृत्वको साविक राप्रपा कार्यसम्पादन समितिको बैठकले पार्टी एकता जोगाउन भन्दै गाई चुनाव चिह्न छाड्ने निर्णय गरेको हो । धुम्बराहीमा बसेको थापा समूहको बैठकमा कतिपय नेताहरूले २०७० सालमा २५ सिट जितेर चौथो ठूलो दल बन्दा प्रयोग भएको गाई चिह्न छाड्न नहुने अडान लिएका थिए ।

चुनाव चिह्नबारे औपचारिक निर्णय भने मंगलबार बस्ने कार्यसम्पादन समितिको संयुक्त बैठकले गर्ने एक नेताले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०