nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चित्लाङको शिरैमा चि बहाः पुर्नस्थापना

थाहा नगरपालिका वडा नम्बर ९ मा चि बहाः अर्थात बौद्ध छोर्तेनको पुर्नस्थापना गरिएको छ । चित्लाङ चन्द्रागिरी सडक निर्माण तथा विस्तारको क्रममा बाटेमा रहेको उक्त बौद्ध छोर्तेनलाई नजिकैको डाँडामा पुर्नस्थापनासहित मर्मत संभार गरिएको स्थानीय बुद्धरत्न मानन्धरले जानकारी दिए ।

चन्द्रागिरी भन्ज्याङ स्थित चित्लाङ–थानकोटको दोसाँधमा रहेको करिब १ सय वर्षभन्दा पुरानो बौद्ध छोर्तेन अर्थात चि बहाःर मन्दिर स्थान्तरण गरिएको हो । उक्त सम्पदालाई स्थानीय नागरिकहरु, वडा कार्यालयको सहमती र सडक विभागको समेत सहकार्यमा चन्द्रागिरीको भन्ज्याङमा पुर्नस्थापना गरिएको मानन्धरले बताए ।

वि.सं. २०७६ सालको अन्ततिर निर्माण सुरु हाल नयाँ स्थानमा ति सम्पदा पुर्नस्थापना सम्पन्न भएको हो । उक्त स्थानमा प्रदेश सरकारको सहयोगमा हिल स्टेशन निर्माणाधिन छ । उक्त सम्पदा बौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्रको रुपमा स्थापित छ ।
 



https://thahatimes.com/public/images/users/AMBIKA-1588562241.jpg

अम्बिका के.सी.

ambikakc333@gmail.com

पत्रकार केसी थाहा टाइम्सकी संवाददाता हुन् ।