thahatimes-ad-thekka-1731652826.jpg
Monday, 9th December, 2024
वि.स.

चन्द्रागिरी सडकका लागि पूरै दबाब बढाउँछाैँ : प्रचण्ड

125907955_gettyimages-123-1731152017.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणेशमान सिंह मार्ग चित्लाङ-थानकाेट सडकका   लागि आवश्यक बजेट बिनियाेजनका लागि सरकारलाई पूरै दबाब दिने बचनवद्धता व्यक्त गरेका छन् ।

वाइसीएल थाहानगरकाे दाेस्राे नगर सम्मेलन उद्घाटनमा बाेल्दै प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका प्रचण्डले चन्द्रागिरी सडक स्तरीकरण र कालाेपत्रे गर्न आवश्यक रहेकाे उल्लेख गरे । एक दशकअघि आफू साेही बाटाे यात्रा गर्दा कठिन भएकाे स्मरण गर्दै उनले साे सडक अहिले निकै राम्राे भएकाे बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्ड आज साेही बाटाे भएर थाहानगर आएका थिए । उक्त सडकमा सरकारकाे लगानी कम भएकाे भन्दै उनले प्रमुख प्रतिपक्ष दलकाे नेताकाे हैसियतले सरकारलाई दबाब दिने र सरकारले नसुने फेरि थाहानगर आउने वचन दिए ।

थाहा-२ फेदीगाउँ बस्ती बचाउका लागि आफ्नो ध्यान पुगेकाे प्रचण्डको भनाइ थियाे । उनले थाहा-३ काे शीतभण्डार छिट्टै सञ्चालन हुने विश्वास व्यक्त गरे ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०