Tuesday, 24th November, 2026
वि.स.

​थाहा नगरमा सामुदायिक वनका पदाधिकारीलाई लेखा परीक्षण र प्यान सम्बन्धी अभिमुखीकरण

926451256_304951006873576-1795502164.jpg

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, थाहा नगर कार्यसमितिको आयोजनामा एक दिने स्थायी लेखा नम्बर (प्यान) लिने तथा लेखा परीक्षण गर्ने सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

थाहा नगरपालिकाको थानाबजारस्थित गंगा होटलमा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो । ​सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, थाहा नगर कार्यसमितिका अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाभित्रका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूको सहभागिता रहेको थियो । ​

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य रामहरी चौलागाईं, चित्लाङ सब–डिभिजन वन कार्यालयका प्रमुख सक्षम सिक्देल, लेखा परीक्षक विमल कुमार विष्ट, थाहा नगरपालिकाका योजना महाशाखा प्रमुख डम्बर विक, नगरको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख अनिल लामिछाने र राजस्व शाखा प्रमुख रोजिना खड्कालगायतले सहजीकरण गरेका थिए ।

​सहजीकरणका क्रममा सहभागीहरूलाई सामुदायिक वन समूहले स्थायी लेखा नम्बर (प्यान) किन लिनुपर्छ भन्ने सन्दर्भमा प्रष्ट पारिनुका साथै लेखा परीक्षणका लागि आवश्यक पर्ने कागजातहरू, कानूनी व्यवस्था र लेखा परीक्षणको प्रक्रियाबारे विस्तृत जानकारी गराइएको थियो । ​

सोही अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने दुई सामुदायिक वन समूहलाई सम्मान समेत गरिएको छ । मकवानपुर जिल्लाकै उत्कृष्ट सामुदायिक वनहरूमध्ये पर्न सफल हिमचुली सामुदायिक वन उपभोक्ता समूह र समयमै वार्षिक कार्यक्रम सम्पन्न गरेकोमा महाचुनी सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०