Tuesday, 22nd September, 2026
वि.स.

घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

gold1-1611730616.jpg

सुनको मूल्य बुधबार फेरि ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार  सात सय रुपैयाँले घटेको हो।

बुधबार  छापावाल सुन प्रतितोला ९२ हजार एक सय पुगेको छ। मंगलबार प्रतितोला ९२ हजार आठ सयमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुन पनि प्रतितोला ९१ हजार ६ सय रुपैयाँ पुगेको छ। मंगलबार ९२ हजार तीन सयमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि घटेको छ। बुधबार  चाँदी प्रतितोला एक हजार दुई सय ५० रुपैयाँ कायम भएको छ। मंगलबार एक हजार दुई सय ५५ रुपैयाँमा कारोबार भएको थियो।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०