nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

गाँजासहित हेटौंडाबाट दुई जना पक्राउ

ganja-1613718978.jpg

 हेटौंडामा २५ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलीले प्राप्त सुचनाको आधारमा हेटौंडा उपहानगरपालिका वडा नं. ११ नवलपुरस्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्ड अन्तरगत हेटौंडा तर्फ आउँदै गरेको ना।१ ह ७२३६ नम्बरको अटोबाट लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. १ पलासे बस्ने २१ बर्षीय नवराज थिङ र सोही स्थान बस्ने २० बर्षीय बाबुराम थोकर रहेका छन् । अटोको पछाडिको सिटमा गाँजा लुकाएर राखेको अवस्थामा ४ वटा पोकामा लागूऔषध गाँजा २५ किलो बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गाँजा र अटो सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरको प्रहरीले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)