nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कोरोना सङ्क्रमण ‘दोस्रो चरण’ मै रोक्नका लागि सहयोग गर्न सरकारको आग्रह

corona-test-1586153915.jpg

सरकारले नेपालमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण दोस्रो चरणमै रोक्नका लागि सहयोग गर्न सबैसँग आग्रह गरेको छ ।

नेपालमै रहेका व्यक्तिमा कोरोना सङ्क्रमण सरेको पुष्टि भएसँगै दोस्रो चरणमा पुगेको भन्दै तेस्रो चरण अर्थात् महामारीको अवस्थामा प्रवेश गर्न नदिन सबैको सहयोग आवश्यक रहेको सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विदेशबाट आएका व्यक्तिबाट नेपालमै रहेका अर्को व्यक्तिमा कोरोना सर्नु दोस्रो चरण हो ।

कसले कसलाई सारेको हो भन्ने थाहा नहुनु कोरोनाको तेस्रो चरण अर्थात् महामारीको अवस्था हो । नेपालमा महामारीको अवस्था आउन नदिन सबैको सहयोग आवश्यक भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए ।

उनका अनुसार व्यक्तिबिचको दुरी कायम गर्नु नै कोेरोनाबाट बच्ने मुख्य उपाय हो । साबुन पानीले मिचीमिची हात धुने, घर र आँगन सफा राख्ने, सतहमा छोइसकेपछि हात नधोइकन नाक, आँखा र मुख छुने बानी हटाउनुपर्छ । यस्तै विदेशबाट आएका व्यक्ति वा उनीहरुको सम्पर्कमा रहेका व्यक्तिले झन् सावधानी अपनाउनुपर्नेमा डाक्टर देवकोटाको जोड छ ।

कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गरेको र सावधानी नपनाउँदा फैलिएको अरु देशको अवस्थाबाट पनि थाहा पाउन सकिने भएकाले क्वरेण्टीनमा बस्दा पनि सावधानी अपनाउन उहाँको सुझाव छ । एक जनाले सजगता अपनाउँदा व्यक्तिमात्र नभइ परिवार, छिमेकी र देश नै कोरोनाको सङ्क्रमणबाट बच्ने भएकाले उच्च सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आग्रह गरे ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

corona-test-1586153940.jpg