nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कोरोना संक्रमणबाट अस्पतालको सुरक्षा गार्डको मृत्यु

covide-death-1597055444.jpg

धनुषामा अस्पतालको एक सुरक्षा गार्डको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । धनुषाको जनकपुरधाम (२ कदम चोकस्थित विद्यानगरमा रहेको विनय तारा फाउण्डेशन अस्पतालको सुरक्षा गार्डको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।   

जनकपुरको कदमचोक–कपिलेश्वर सडक खण्डको विनय तारा फाउण्डेशन अस्पतालका गार्डको मृत्युपछि कोरोना पुष्टि भएको छ । जनकपुरधाम उप–महानगरपालिका-२ स्थित बिनयतारा फाउडेशन क्यान्सर अस्पतालमा गार्डको काम गर्दै आएका धनुषाको मिथिला बिहारी नगरपालिका ५ ललिया बस्ने पुरुषको रिपोर्ट पोजिटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए।

आइतबार मृत्यु भएको उनलाई कोरोनाको लक्षण आशंका गरिएको थियो । मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी भट्टराईले उनमा कोरोनाको पुष्टि भएको र सो क्षेत्रमा कन्टयाक्ट ट्रयासिङ सुरु गरिएको बताए ।

उनले स्वास्थ्य कार्यालय, स्थानीय प्रशासनको सहयोगमा मृतकको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्ति र अस्पतालका कर्मचारीहरुलाई स्वाब संकलन गरिने बताए । मृत्यु भएका पुरुष घरमा छोरा छोरीसँग बसेका थिए । यसैगरी जनकपुरस्थित आइतबार काब्या अस्पताललमा मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनी मुटु र दमका रोगी रहेका थिए।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)