nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कोरोना महामारीबीच इन्द्रसरोबरमा आयो नयाँ एम्बुलेन्स, छिट्टै सञ्चालन गरिने

IMG_20210604_171303-1622806183.png

नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै इन्द्रसरोवर गाउँपालिकाले एम्बुलेन्स खरीद गरेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले कोरोना भाइरसको यस विषम परिस्थितिमा नागरिकको स्वास्थ्य स्थितिलाई प्रमुख प्राथमिकतामा राखेर एउटा नयाँ एम्बुलेन्स खरीद गरेको गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताए । गाउँपालिकाकै आन्तरिक बजेट परिचालन गरी खरीद गरिएको नयाँ एम्बुलेन्सलाई कार्यविधि बनाएर सञ्चालनमा ल्याउने उनले जानकारी दिए । 

यससँगै गाउँपालिकाका अध्यक्ष लामाको पहलमा संघीय सरकारसँग समन्वय गरी निःशुल्क रुपमा एउटा एम्बुलेन्स ल्याउन सफल भएको छ । कोरोनाको माहामारीको समयमा आइ पर्नसक्ने विभिन्न परिस्थिति तथा अत्यावश्यक सेवामा गरिने प्रयोजनका लागि संघबाट प्राप्त बोलेरोलाई एम्बुलेन्सको रुपमा संरचना विकास गरिएको हो । उक्त एम्बुलेन्सलाई कोरोनाको महामारीको अवधिभर गाउँपालिकाकाको नागरिकहरुका लागि निःशुल्क रुपमा सञ्चालन गरिने उनको भनाइ रहेको छ ।

यी दुबै एम्बुलेन्सको लागि चालकको व्यवस्था, दर्ता, थप संरचना विकास लगायत अन्य आवश्यक प्रक्रिया पूरा गरी चाँडै नै सञ्चालनमा ल्याउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले जानकारी दिए । 

यससँगै गाउँपालिका भित्र रहेको एम्बुलेन्सको संख्या ३ वटा पुगेको छ । यस अघि गाउँपालिकाको वडा नं.३ सिस्नेरी स्थित सिस्नेरी स्वास्थ्य चौकीमार्फत्  एउटा एम्बुलेन्स सञ्चालनमा रहेको छ ।

गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर एम्बुलेन्सको व्यवस्था गरेसँगैै गाउँपालिकाले प्रदान गर्दै आएको “गर्भवती महिलाहरुका लागि एम्बुलेन्स भाडा निःशुल्क” कार्यक्रमलाई पनि सहजता मिल्नुका साथै इन्द्रसरोवरका नागरिकहरुले स्वास्थ्य सेवा प्राप्तिमा सुलभ र सहजता प्राप्त गर्ने गाउँपालिकाको विश्वास रहेको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।