nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

कोरोना जोखिम बढेपछि थाहानगर सिमभन्ज्याङका होटलहरु बन्द

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ को सिमभनज्याङका सबै होटल तथा पसलहरु बन्द भएका छन् । 

मकवानपुरमा कोरोनाको जोखिम बढ्दै गएकपछि सिमभन्ज्याङमा २६ साउनमा स्थानीय व्यवशायी, बजार। व्यवस्थापन समितिका पदाअधिकारीहरु, सुरक्षा निकायलगायतकाको बैठकले यस्तो निर्णय गरेको हो । कोरोनाको जोखिम नघटुन्जेलसम्म सिमभन्ज्याङ क्षेत्रका पसलहरु बन्द गर्ने निर्णय भएको बजार व्यवस्थापन समितिका अध्यक्ष अमित पाख्रिनले जानकारी दिए । 

हेटौंडातर्फबाट थाहा नगरपालिका प्रवेश गर्ने सिमभन्ज्याङ मुख्य नाका हो । 

यसैबीच कोरोना रोकथाम तथा नियन्त्रणका लागि आम नागरिकहरु सचेत भएर व्यवहार गर्न नगरपालिकाले सबैलाई अनुरोध गरेको छ । सवारी साधन, होटल व्यवशाय संचालन लगायतको क्षेत्रमा समेत कोभिड–१९ सुरक्षा मापदण्ड अक्षरसः कार्यान्वयन गर्न पालिकाले अनुरोध गरेको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)