nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कोरोना कहर- वडा/वडामा समिति बन्दै

Thaha-6-1620135824.jpg

थाहानगरमा पनि कोभिड-१९ संक्रमितको संख्या दिनहुुँ बढ्दो छ । मङ्गलबार मात्रै एकै परिवारका पाँच सहित १२ जना कोरोना संक्रमित भएका छन् । मङ्गलबार थपिएका संक्रमितहरु धेरैजसो थाहा ३ का छन् । तीमध्ये एकै परिवारका पाँच जना र एउटै विवाह भोज खाएका तीन जना छन् । संक्रमितमध्ये ६ महिना, १८ महिना उमेरदेखि ४८ वर्षसम्मका छन् । १६ जनाको एन्टीजेन परिक्षण गरिएकोमा १२ जनामा पोजेटिभ रिपोर्ट आएको हो । मङ्गलबारसम्म थाहानगरमा संक्रमितको संख्या ६२ पुगेको छ । तीमध्ये स्वासप्रस्वासमा समस्या रहेका एक जनाको काठमाडौमा उपचार भैरहेको छ्भने ६१ जना होम आइसोलेशनमा छ्न । होम आइसोलेशनमा रहेका सबै संक्रमितको नियमित स्वास्थ अवस्था निगरानी गरिरहेको प्राथमिक स्वास्थ्य केन्द्र पालुङका डा. रिकेश कार्कीले बताए ।

यसैबीच, कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने हेतुले थाहा नगरपालिकाले वडा/वडामा समितिहरु गठन कार्य सुरु गरेको छ । मङ्गलबार मात्रै वडा नम्बर ६, ९ र १० मा वडाध्यक्षको संयोजकत्वमा समितिहरु गठन गरिएको छ । समितिमा सबै वडा सदस्य, राजनीतिक दलका प्रतिनिधि, वडामा कृयाशील संघसंस्थाका प्रतिनिधि सम्मिलित छ्न । समितिले निषेधाज्ञा पुर्ण पालना गर्न लगाइ कोरोना संक्रमण न्यूनिकरणका लागि विभिन्न गतिबिधिहरु संचालन गर्ने नगर प्रमुख लवशेर विष्टले बताए ।

भौतिक दूरी कायम गरि छुट्टाछुट्टै स्थानहरुमा भएको बैठकमा प्रमुख विष्टले आफुआफैले अनुशासन पालना गरेमा कोरोना नियन्त्रण हुने बताए । बैठकमा नगर स्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिका उपसंयोजक खड्ग गोपाली, सदस्यहरु सुरेन्द्रमान प्रधान, योगेन्द्रमान श्रेष्ठ, अरुण रायमाझी, भरत गोपालीलगायतको सहभागिता थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)