nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कोरोना कहरबीच थाहामा घटना दर्ता शिविर सञ्चालन हुने

Ghatana_Darta-1623396488.jpg

कोरोना कहरबीच थाहा नगरपालिकामा घटना दर्ता शिविर सञ्चालन हुने भएको छ । थाहा नगरपालिकाको वडा नम्बर १ कार्यालयले २८ जेठमा एक सूचना जारी गर्दै आगामी १ र २  असारमा वडाका विभिन्न तीन स्थानमा घटना दर्ता शिविर सञ्चालन गर्ने जनाइएको छ । 

वडा कार्यालयले वडाबासीहरुका लागि जारी गरेको सूचनामा वडा कार्यालय वा पायक पर्ने स्थानमा पुगेर घटना दर्ता गराउन आह्वान गरिएको छ । वडा नम्बर १ को कुटिप्वाकल, ओखरबजार र कुन्छाल डबलीमा  दर्ता शिविर सञ्चालन गर्ने जनाइएको छ । 

घटना दर्ताअन्तर्गत जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराइँ पर्दछन् । घटना दर्ताको लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले समन्वय गरिरहेको छ ।


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)