.-1624118193.jpg
Sunday, 20th June, 2021
वि.स.
33-1624076000.jpg

कोरोनाविरुद्ध परिचालित हुन एमाले थाहानगरको आग्रह

cpn_uml-1620273927.jpg

नेपाल कम्युनिष्ट पार्टी (एमाले) थाहा नगर कमिटीले आफू मातहतका सबै कमिटीहरुलाई कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि परिचालित हुन आग्रह गरेको छ । एमाले थाहानगरका अध्यक्ष अच्युत्तमप्रसाद ढकालले एक विज्ञप्ति जारी गर्दै थाहा नगरपालिकामा कोरोना भाइरसको थप संक्रमण रोक्न र नियन्त्रण गर्न स्थानीय सरकारले अपनाउने सबै उपायहरुमा साथ र सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । 

नगर कमिटीले थाहा नगरमा गठित कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समिति र वडा स्तरका समितिहरुमा नेकपा (एमाले)बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुलाई ‘बाचौं र बचाऔँ’ भन्ने भावनाका साथ सक्रियतापूर्वक कार्य गर्न आग्रह गरेको छ । 

‘यस विषम परिस्थितिमा जनमानसमा पर्न गएको असहजतालाई मध्यनजर गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) थाहा नगर कमिटी तथा मातहतमा रहेका समपूर्ण कमिटीहरु कोरोना भाइरसविरुद्ध सजग र सचेत हुँदै आ–आफ्ना कार्य क्षेत्रमा सबै सरोकारवालाहरुसँग समन्वय गर्दै नेतृत्वदायी भूमिकामा जुटिरहेकै छन् ।’ विज्ञप्तिमा भनिएको छ– ‘यस बीचमा थाहा नगरपालिकामा कोरोना संक्रमण देखिएका सम्पूर्ण महानुभावहरुमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको स्वास्थ्य स्थिति र सुविधामा ध्यान पु¥याउन नेपाल कम्युनिष्ट पार्टी (एमाले) थाहा नगर कमिटी स्थानीय सरकारसँग हार्दिक अपिल गर्दछ ।’

एमाले थाहा नगर कमिटीले अहिलेको विषम परिस्थितिमा सरकारद्वारा जारी आदेश तथा निर्देशनहरुको पूर्ण पालना गरिरहेका नागरिकहरुको जीवनयापनमै असहज परिस्थिति सिर्जना हुने अवस्थामा समस्याहरुको यथोचित समाधान गरी नागरिक हकको सुरक्षामा तदारुकताका साथ काम गर्न  स्थानीय सरकारसँग माग गरेको छ । 

जारी विज्ञप्तिमा कोरोनाका संक्रिय संक्रमितहरुमा शीघ्र स्वास्थ लाभको  कामनासमेत गरिएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)