Tuesday, 16th June, 2026
वि.स.

कोरोनाले मृत्यु हुनेको संख्या पाँच पुग्यो

deathbody-1590656852.jpg

 कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ।  ललितपुर महानगरपालिका–२२ बुङमतीका एक पुरुषको मृत्युपछि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ५६ वर्षीय पुरुषको बुधबार ललितपुरको किस्ट अस्पतालमा मृत्यु भएको हो। अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यले उनको निधन भएको बुधबार नै पुष्टि गरेका थिए। 

मृत्युपछि आएको पीसीआर रिपोर्टको नतिजा पोजिटिभ देखिएको थियो। यसअघि नेपालमा चार जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।  

जेठ ११ गते पाटन अस्पताल पुगेका ति पुरुषलाई त्यहाँ आईसीयू नभएको भन्दै ग्वार्कोस्थित किस्ट अस्पतालमा रिफर गरिएको थियो। जेठ ११ गते अस्पतालको आईसीयूमा राखिएका उनलाई १२ गते भेन्टिलेटरमा सारिएको थियो। १२ गते भेन्टिलेटरमा राखेपछि थ्रोट स्वाब परीक्षणका लागि पठाइएको थियो। स्वाब परीक्षणको पीसीआर रिपोर्ट  मृत्युपछि पोजिटिभ आएको किस्ट अस्पतालका निर्देशक बज्राचार्य बताए।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०