nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कोरोनाबाट ज्यान गुमाएका थाहानगरका ५ परिवारलाई एकएक लाख राहत

Mun-1614482947.jpg

थाहा नगरपालिकाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका परिवारलाई राहत रकम   वितरण गरेको छ । नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम अनुसार ज्यान गुमाएका परिवारलाई प्रति परिवार १ लाख रुपियाँको दरले राहत उपलब्ध गराएको हो । कोरोना भाइरसका कारण ज्यान गुमाए प्रति परिवार १ लाख रुपियाँ दिने सातौ नगरसभाले निर्णय नै गरेको थियो । 

थाहानगरमा कोरोना संक्रमणका कारण हालसम्म ५ जनाले ज्यान गुमाएका छन् । ज्यान गमाएका परिवारलाई नगर प्रमुख लवशेर विष्ट तथा प्रशासन महाशाखा प्रमुख अजित घिमिरेले राहत रकमको चेक हस्तान्तरण गरेका हुन् । वितरण कार्यक्रममा प्रमुख विष्टले ज्यान गुमाउने परिवारका लागि थोरै भएपनि आपिर्थक सहायता हुने भएकोले सहयोग गरिएको बताए । विष्टले     नगरका नागरिकहरुका लागि कोरोनाबाट सुरक्षित हुने र नगरले गर्न सक्ने कार्यलाई सँधै निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । 

थाहानगरमा कोरोनाबाट मृत्यू हुने अधिकांश पुरुष छन् । मृत्यू हुनेमा थाहा–२ का ७७ वर्षिय, थाहा–३ का ३३ वर्षिय पुरुष, थाहा–४ का ५१ वर्षिय, थाहा–६ को ७६ वर्षिय र १० को ४८ वर्षिय पुरुष रहेको स्वास्थ्य शाखाका मेघराज बलामीले जानकारी दिए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)