Saturday, 1st August, 2026
वि.स.

कोभिड–१९ रोकथामका प्रयासमा थाहानगरमा अनुगमन

COROOO-1599096642.jpg

मकवानपुर थाहा नगरपालिका क्षेत्रमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयासहरुको कार्यान्वयनको अवस्थाका सम्बन्धमा अनुगमन गरिएको छ । 

थाहानगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक खड्ग गोपालीको नेतृत्वमा १७ भाद्रमा  शिखरकोट, थानाबजार ओखरबजार र बज्रवाराही क्षेत्रमा अनुगमन गरेको हो । अनुगमनका क्रममा नगरबासीहरुले नगरले गरेको निर्णयहरु कार्यान्वयन गरेको पाइएको संयोजक गोपालीले जानकारी दिए । 

थाहा नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको प्रयास अन्तर्गत भिडभाड कम गर्ने, व्यवशायहरु विहानदेखि बेलुकी ४ बजेसम्म मात्र संचालन गर्ने, बैंक तथा वित्तिय संस्था विहान १० देखि २ बजेसम्म मात्र संचालन गर्ने, जनस्वास्थ्य मापदण्ड पूरा गरेर मात्र हिँडडुल गर्ने लगायतको निर्णय नगरपालिकाको छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०







Thaha-002-1774415222.gif