Friday, 19th June, 2026
वि.स.

कोभिड–१९ः प्रमुख जिल्ला अधिकारी नेपालको नेतृत्वमा थाहाको अनुगमन

IMGL0780-1586062158.JPG

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालसहितको टोलीले थाहा नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी गरिरहेको गतिविधिको विषयमा अनुगमन गरेकोको छ । 

थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली, प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसहितको टोली नगरपालिकाको तर्फबाट सहभागी थिए । अनुगमन टोलीमा मकवानपुरका नि. जिल्ला समन्वय अधिकारी भिमलाल महर्जन, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, सहदेव आचार्य, कम्प्युर अपरेटर अमित कुमार कर्ण, कोष तथा लेखा नियन्त्रक कार्यालय मकवानपुरका कोष नियन्त्रक प्रमोद मैनालीलगायतकाको सहभागिता रहेको थियो । 

अनुगमन टोलीलाई नगर प्रमुख लवशेर विष्टले सहजीकरण गरेका थिए भने कोरोना रोकथाम तथा नियत्रण समन्वय समिति सचिवालयका संयोजक विवेक विडारीले प्रतिवेदन पेश गरेका थिए । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०