nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरपालिकाबाट केही सिक्ने कि !

Thahaaaa-1598585611.jpg

मकवानपुर थाहा नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) बाट १२ जना संक्रमित भएका छन् । हालसम्म संक्रमित मध्ये ७ जनालाई निको भैसकेको छ भने ५ जना उपचारको क्रममै छन् । 

मुलुकका मुख्य शहरहरुमा संक्रमितहरुको संख्या दिनदिनै बढेका छन् । संक्रमित बढेसंगै कन्ट्याक ट्रेसिङमा चुनौति थपिदै गएको छ । तर थाहामा त्यो समस्या छैन । संक्रमित फेला पर्ने वित्तिकै उनको क्लोज कन्ट्याकका व्यक्तिहरुलाई डाक्टरसहितको टोलीले क्वारेन्टिनमा ल्याइ हाल्छन् । मापदण्ड अनुसार स्वाब संकलन गरेर नतिजा हासिल गरिन्छ । थाहा नगरमा हालसम्म कन्ट्या ट्रेसिङका एक जनापनि संक्रमित भेटिएको छैन । संक्रमित भएकाहरु थाहानगर बाहिरबाट आएकाहरु मात्र हुन् । 

कट्याक्ट ट्रेसिङको जिम्मा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले स्थानीय तहलाई दिएको छ ।

आइसोलेशनको पूर्व तयारी हाइकेयर रुम

थाहा नगरपालिकामा आइ बसेका व्यक्तिहरुमा कोभिड–१९ पुष्टि भएपछि हेटौंडा आइसोलेशन पठाउने गरिएको छ । हेटौंडा आइसोलेशनमा पठाउँदा ठाउँ अभाव, संक्रमितलाई वातावरणीय कठिन हुन थालेपछि नगरपालिकाको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिले नगरमै हाइ केयर रुम संचालन गर्ने निर्णय गरेको छ । नगरपालिकाले आपतकालिन रुपमा संक्रमितलाई राख्न सक्ने पूर्व तयारी गरेको छ । नगरमा ५ वटा हाइकेयर रुम तयारी अवस्थामा छन् । 

थाहा नगर प्रमुख लवशेर विष्ट भन्छन्–‘संक्रमितको साथमा नगरपालिका पनि छ भन्ने आभाष दिलाउन संक्रमितहरुका लागि थप व्यवस्था गर्दैछौं ।’ हरेक संक्रमितसँग नगरपालिकाले व्यक्तिगत सम्पर्कमा राख्ने र उनीहरुको अवस्था बुझ्ने गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए ।

ट्रेसिङको ७२ घण्टामै स्वाब संकलन

नगरपालिकाल संक्रमितलाई सम्पर्क गर्ने, ट्रेसिङ गर्ने र स्बाव संकलन गर्ने टिम बनाएको छ । ट्रेसिङको ७२ घण्टापछि स्वाब संकलन गरी परीक्षणका लागि पठाउने गरिएको छ ।

क्वारेन्टिनका इन्चार्ज डाक्टर उदय रोकाका अनुसार कुनै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि शुरुमा संक्रमितको केस स्टडी गरिन्छ । त्यही टिमले ट्रेसिङको पनि काम गर्छ । संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेका मानिसहरुको सूची तयार भएपछि स्बाव संकलन गर्ने टिम फिल्डमा पुग्छ । ‘क्लोज कन्ट्याक’का व्यक्तिहरुलाई क्वारेन्टिनमा तुरुन्त ल्याइन्छ ।

ट्रेसिङकै टिमले संक्रमितको नियमित फलोअफ गर्छ । लक्षण देखिए नदेिखएको जानकारी लिने गर्छ । 

पीसीआर विधिबाट परीक्षणका लागि नगरपालिका आफैंले भिटिएम किनेको छ । च्वाइस नेपालले मात्र एकहजार भिटिम सहित अन्य स्वास्थ्य सामाग्री सहयोग गरेको छ । 

थाहा नगरपालिकाले हालसम्म क्वारेन्टिन र कन्ट्याक ट्रेसिङका ३ सय ९७ जनाको स्वाब संकलन गरेको छ । उनीहरु मध्ये ७ जनाको मात्र कोरोना पोजेटिभ आएको हो । 

सामुदायिक परीक्षणमा तिब्रता

थाहा नगरपालिकाले विभिन्न वडाहरुमा रहेको मुख्य बजार क्षेत्रहरुबाट स्वाब संकलन गरेको छ । समुदायमा कोरोना फैलन सक्ने जोखिम विश्लेषणका लागि परीक्षण थालिएको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । 

थाहा नगरपालिकाले दैनिक सार्वजनिक गर्ने रिपोर्ट अनुसार समुदायबाट २ सय २७ जनाको स्वाब संकलन भैसकेको छ । स्वाब पठाइएका मध्ये ४१ जनाको रिपोर्ट आएको छ । रिपोर्ट सबै नेगेटिभ भएको डाक्टर सुबोध चापागाईले जानकारी दिए । १२ वटा वडा रहेको थाहामा वडा नम्बर ५, ७ र ८ मा स्वाब संकलन बाँकी रहेको डाक्टर चापागाईले जानकारी दिए । 

अनुगमनमा उपमेयरको नेतृत्व

थाहा नगरपालिका क्षेत्रमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको प्रयासको नगर उपप्रमुख खड्ग गोपाली सहितको टोलीले अनुगमन गर्ने गरेको छ । 

नगर क्षेत्रमा भएको निषेधाज्ञा पालना भए नभएको अनुगमन गर्न उप प्रमुख गोपालीको नेतृत्वमा समिति छ । अनुगमन समितिले नगर क्षेत्रमा अनुगमन गर्ने गरेको छ । समितिमा वडा अध्यक्षहरु, सुरक्षा निकाय, सरोकारवालाहरु रहेका छन् । 

थाहा नगरपालिकामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका अभियानमा यहाँका राजनीतिक दलका प्रमुखहरु सल्लाहकारको भूमिकामा छन् । 

बजार व्यवस्थापन समितिहरुको सक्रियता

थाहा नगरपालिकाका मुख्य बजार क्षेत्रहरुमा बजार व्यवस्थापन समिति गठन भएका छन् । 

बजार क्षेत्रमा कोररोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ति समितिहरुले सक्रियता देखाएका छन् । उनीहरुले कोभिड–१९ बाट बच्ने उपाय, रोकथाम तथा नियन्त्रणका उपायहरुका विषयमा सबैलाई जानकारी गराउने गरेका छन् । 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञा कार्यान्वयन समितिमा समेत रहेर बजार व्यवस्थापन समितिहरुले योगदान दिएको सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले बताए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)