Tuesday, 16th June, 2026
वि.स.

कृषि क्षेत्रमा बढ्यो बजेट, ६ अर्बले बढेर ४१ अर्ब ४० करोड पुग्यो

गत वर्ष ३४ अर्ब ८० करोड रूपैयाँ बजेट पाएको कृषि तथा पशुपन्छी मन्त्रालयले आर्थिक वर्ष ७७ / ७८ को बजेटमा ४१ अर्ब ४० करोड रूपैयाँ पाएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले उक्त रकम विनियोजन गरेका हुन् ।

चालु आर्थिक वर्ष कृषि तथा पशुपन्छि विकास मन्त्रालयका लागि ३४ अर्ब ८० करोड रुपैयाँ विनियोजना गरिएकोमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ८ अर्ब १० करोड तथा मल खरिदका लागि ९ अर्ब बजेट विनियोजन भएको थियो ।

गत वर्ष ३४ अर्ब ८० करोड रूपैयाँ बजेट छुट्याएको अर्थ मन्त्रालयले आगामी वर्षका लागि ४१ अर्ब ४० करोड रूपैयाँ छुट्याएको छ जुन गत वर्षको तुलनामा ६ अर्ब ६० करोडले बढी हो ।

कृषिमा संचालन हुने कार्यक्रम र बजेट :

  • ३ अर्ब २२ करोड  प्रधानमन्त्री कृषि आधनुनिकीकरण परियोजनाका लागि ।
  • रासायनिमक मलमा अनुदान वृद्धि गरी ११ अर्ब  ।
  • आगामी वर्ष नेपाललाई तरकारी र मासुमा आत्मनिर्भर बनाउने ।
  • एक स्थानीय तह एक उत्पादन पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने ।
  • सबै स्ठानीय तहमा बजार पूर्वाधार निर्माण गर्ने । चोभारमा फलफूल तथा हाटबजार सञ्चालन गर्ने ।
  • २ सय खाद्य भण्डारण केन्द्र बनाउन स्थानीय तहलाई १ अर्ब दिइने ।
  • सबै स्थानीय तहमा एक कृषि र एक पशु प्राविधिक व्यवस्था गर्न ५० करोड बजेट ।
  • फलफूलका विरुवा उत्पादन गर्न १ करोड ५ लाख ।
  • उखु उत्पादकलाई अनुदान दिन ९५ करोड बजेट  ।
  • कृषि अनुदान पुनरावलोकन गरी सं‌घ प्रदेश र स्थानीय तहमा दोहोरो नपर्ने गरी संचालन हुने ।
  • लिफ्ट तथा सोलार सिञ्चाइका लागि १ अर्ब १० करोड ।
  • कृषि बीमाको प्रिमियम उत्पादन भइसकेपछि तिर्न मिल्ने, यसअघि बीमा गरेपछि तिरिहाल्नु पर्ने व्यवस्था थियो ।
  • किसानलाई क्रेडिट कार्ड वितरण गरिने ।


https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०