nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

कुलेखानीमा ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न

kulekhani1-1613886031.jpg

 तामाङ समुदायको राष्ट्रिय पर्व २८५७ लाङरम्हे ल्हो ९गाई वर्ग० को अवसरमा कुलेखानी तामाङ समाजद्वारा आयोजित दोस्रो ल्होछार विशेष कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

इन्द्रसरोवर गाउपालिकाको वडा नं २ कुलेखानीको टोड्केमा शनिबार सञ्चालित ल्होछार बिशेष बृहत साँस्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान तथा शान्ति पुजा सभ्य र भब्य रुपमा सम्पन्न भएको हो ।

स्थानीय पर्यटन प्रबर्द्धनका लागि सञ्चालित कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामाको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा चर्चित स्थानिय गायकहरु रबिन्द्र लामा, अशोक तामाङ, राष्ट्रिय गायकहरु बिजय लामा, लोकेन लामा, जोगलाल लामा, रञ्‍जित लामा, प्रेम लामा, सिजम मगर लगायतको सांगीतिक प्रस्तुति सहित भिमफेदी गाइजको बेजोड प्रस्तुति रहेको थियो ।

साथै कार्यक्रममा लामा, बोन्पो, ताम्बा लगायतको झाकि प्रदर्शन, तामाङ भेषभुषा र स्टलहरु रहेको थियो ।कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै वड नं।४ का वडाध्यक्ष धनविर स्याङ्तानले तामाङहरु नेतृत्वमा पछाडी भएको औल्याउँदै आफ्नो हक अधिकार प्राप्तिका लागि एकजुट भएर लाग्नु पर्ने बताए ।

यस्तै वडा नं १ का वडाध्यक्ष जमान सिं वाईवाले पर्यटकिय स्थल इन्द्रसरोवरमा तामाङ संस्कृतिलाई देखाएर पर्यटकलाई आकर्षण गर्नका लागि स्थानीय सरकार र होटल व्यवसायी संघले समन्वय गरि अघि बढ्ने बताए । इन्द्रसरोवर गाउँपालिकाको उपाध्यक्ष उमा कुमारी लामाले वार्षिक रुपमा एउटा कार्यक्रम गरेर तामाङहरुको स्तर उन्नति नहुने बताउदै तामाङहरुको स्तर उन्नति र विकासको लागि योजना लिएर आएमा गाउँपालिकाले सहयोग गर्ने बताइन् ।  उनले तामाङहरुले कुसंस्कार र चलनहरुलाई छोड्दै अघि बढ्न समेत आग्रह गरे ।

गाउँपालिकाको अध्यक्ष जीवन लामाले वीर तामाङहरुले तामाङहरुको अधिकारका लागि जीवन दिएका कारण अहिले तामाङहरुको अस्तित्व बाँकी रहेको बताउदै अब एकता कायम गर्न नसकेमा अस्तित्व खतरामा पुग्न सक्ने भएकाले तामाङहरु आपसमा लड्ने नभई सबैको अधिकारका लागि लड्ने समय आएको बताए । साथै तामाङ तथा जनजातिको हक अधिकार र संस्कृतिको लागि गाउँपालिकाले सधै सहयोग गर्ने बताए ।

कार्यक्रममा आर्थिक सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो । विभिन्न सहयोगीमनहरुबाट करिब तीन लाख रुपैया आर्थिक सहयोग प्राप्त भएको आयोजक समितिका अध्यक्ष बिरेन्द्र गोलेले बताए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)