Monday, 7th September, 2026
वि.स.

काँग्रेस थाहानगरमा सदस्यहरु निर्विरोध, पदाधिकारीमा मतदान जारी

aadadadadad-1632573601.jpg

नेपाली काँग्रेस थाहा नगर अधिवेशनबाट सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । उमेदवारी मनोनयनको क्रममा सदस्यमा आवश्यक सङ्ख्यामा मात्र उमेदवारी परेपछि सबै सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । 

पदाधिकारीमा भने आवश्यक भन्दा बढी उमेदवारी परेपछि मतदान प्रक्रियामा गएको हो । अहिले एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव पदका लागि मतदान भइरहेको छ । यो समाचार तयार पार्दासम्म १०० बढी मतदान भइसकेको नेपाली काँग्रेसका नवराज लामाले जानकारी दिए । काँग्रेस थाहानगर अधिवेशनमा १९६ जना प्रतिनिधि छन् । 

मतदान पछि लगत्तै मतगणना गरी परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ । काँग्रेस थाहानगरमा सभापति पदका लागि प्रमोदकृष्ण जोशी र भरत गोपाली मैदानमा छन् । त्यसैगरी दुई उपसभापति पदका लागि उद्दव लामिछाने, नमराज कार्की र सोमप्रसाद बर्तौलाको उमेदवारी रहेको छ । 

दुई सचिव पदका लागि कर्ण बहादुर गोपाली, भीमसेन मोक्तान, बिन्दुलाल थिङ र शशीकुमार दोङ प्रतिष्पर्धामा छन् भने २ सहसचिव पदका लागि ध्रुवकुमार भट्ट, रामचन्द्र भोम्जन, सत्यदेवी स्याङ्तान र सुरेन्द्र श्रेष्ठको उमेदवारी रहेको छ । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०