nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

काँग्रेसले थाहा नगरलाई दिएको बहुचर्चित सुझावमा के छ ? (बुँदासहित)

nc-1624071236.jpg

नेपाली काँग्रेस थाहा नगर कार्यसमितिले थाहा नगरपालिकालाई सुझाव दिएको छ । आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम निर्माणको सन्दर्भमा काँग्रेसले थाहानगरलाई सुझाव दिएको हो ।

काँग्रेसले नगरलाई ठोसरुपमा सिधा भाषामा सुझावहरु दिएको छ । सो पार्टीले थाहामा कोरोनाका विरामीहरुलाई सम्पूर्ण छुटसुविधा दिनुपर्ने देखि नगरलाई भ्रष्टाचारमुक्त बनाउनुपर्नेसम्मको सुझाव दिएको छ । सुझावमा निजी श्रोत शिक्षक हटाई विद्यार्थीह अनुपातमा दरवन्दी कायम गर्नुपर्ने र कुनै प्रकारको शुल्क लिन नपाइने पनि उल्लेख गरिएको छ । 

थाहा नगरका कोभिड–१९ का सम्पूर्ण विरामीहरुलाई सुविधा र औषधिहरु सम्पूर्णरुपमा निःशुल्क हुनुपर्ने

नेपाली काँग्रेस थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठले नगर प्रमुख लवशेर विष्टलाई भेटेर हस्तलिखित सुझावपत्र बुझाएका हुन् । 

काँँग्रेसको सुझावमा के छ ? 
बुँदागतरुपमा काँग्रेसले थाहा नगरपालिकालाई बुझाएको सुझाव पत्रमा समेटिएका विषयहरु यस्ता छन् :

  • थाहा नगरका कोभिड–१९ का सम्पूर्ण विरामीहरुलाई सुविधा र औषधिहरु सम्पूर्णरुपमा निःशुल्क हुनुपर्ने ।
  • विद्यालयमा निजी श्रोत शिक्षक हटाइनु पर्ने ।
  • सबै विद्यालयमा अँग्रेजी माध्यमबाट पढाउनु पर्ने । 
  • सरकारी(सामुदायिक) विद्यालयमा कुनै पनि बहानामा शुल्क लिन नहुने ।
  • एक घर एक स्वच्छपानीको धाराको व्यवस्था गर्नु पर्ने ।
  • स्थानीय कृषि उत्पादनलाई उद्योगसँग जोडेर ‘भ्यालु एड’ गरी विक्री गर्नुपर्ने । 
  • प्रत्येक वडामा कृषि प्राविधिकको कार्यालय खोल्नु पर्ने ।
  • कृषकहरुलाई बिचौलियाबाट मुक्त गर्नुपर्ने ।
  • थाहाका सम्पूर्ण सडकहरुलाई वाल ग्राभेल, ढलान र कालोपत्रे गरिनु पर्ने ।
  • होटल व्यवसायीलाई सहज व्याजदरमा बैंक ऋणको व्यवस्था गर्नुपर्ने ।
  • कृषि वनको विकास गरिनुपर्ने, जङ्गलमा फलफूल तथा जडिबुटी रोप्नुपर्ने । 
  • प्रकोप रोकथामको लागि तालिमप्राप्त जनशक्ति र पूर्वाधार निर्माण गर्नुपर्ने ।
  • स्थानीय युवाहरुलाई सीपमुलक तालिमको व्यवस्था गरी उद्यमशील बनाउनु पर्ने । 
  • नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउनु पर्ने । 
  • डुबेका किसान मजदुरको बैंक ऋणको व्याज मिनाहा गर्नुपर्ने ।

सुझावपत्रको पूर्णपाठ :



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)