nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

औंसीमा हिडडुल समेत नगर्न थाहानगरको अनुरोध, आग्रह उलंघन गर्ने विरुद्ध ऎन बमाेजिम कारबाही

Mun.-1620550881.jpg

थाहानगरमा कोरोना संक्रमितको संख्या बढेपछि थप जोखिम न्यूनिकरणका लागि २७ बैशाख राती १२ बजेदेखि २८ बैशाख राती १२ बजेसम्म पैदल समेत नहिड्न निर्देशन समितिले अनुरोध गरेको छ ।

२६ वैशाखमा थाहा नगरपालिकामा बसेको कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठकले औंसीमा हुने भीडभाड नियन्त्रणका लागि त्यस्तो निर्णय गरिएको उपप्रमुख खड्ग गोपालीले बताए । सो अवधिमा खाद्यान्न, तरकारी, मिठाई, फलफूल पसल समेत नखोल्न आग्रह गरिएको छ । बैठकले नगरबासीलाई कुनै पनि बाहानामा घर बाहिर हिडडुल नगर्न आग्रह गरिएको छ । आग्रह उलंघन गर्ने विरुद्ध संक्रमण रोग ऎन २०२० अन्तर्गत कार्वाही गरिने चेतावनी दिइएको छ ।

बैठकले सबै व्यवसायीहरुलाई निर्णय पालना गराउन सहयोग पुर्याउन थाहानगर उद्योग वाणिज्य संघलाई आग्रह समेत गरेको छ । नगरमा हरेक दिन संक्रमण दर बढिरहेको छ्भने आइतबार विहानसम्म २ जनाको मृत्यु भैसकेको छभने ४ जना नगरबाहिर उपचाररत छन् । ९९ जना होम आइसोलेशनमा छन् । गत वर्ष क्वारेन्टाइनका लागि प्रयोग गरिएको भवनलाई यस वर्ष आइसोलेशनको रुपमा प्रयोग गरिने तयारी गरिरहेको छ । बज्रबाराहीस्थित सो भवन आइसोलेशनका लागि २७ वैशाखदेखि योग्य हुनेछ



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)