nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

ओलीसँग नेपालले राखे तीन शर्त

IMG_20210708_110418-1625721941.jpg

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमै रहन तीन शर्त अघि सारेका छन् । काठमाडौँको मेरियट होटलमा २३ असार साँझ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलमा बरिष्ठ नेता नेपालले तीन शर्त अघि सारेका हुन् ।

नेता नेपालले सरकारले गर्ने सबै नियुक्तिमा भागवण्डा हुनुपर्ने, महाधिवेशन अघि नै दोस्रो भए पनि पार्टीको अध्यक्ष बनाउनुपर्ने र संगठन परिचालनमा बरावरी हिस्सासहितको अधिकार दिनुपर्ने तीन शर्त राखेका हुन् । ओली र नेपालबीच मेरियटमा साँझ साढे ७ बजेदेखि २ घण्टा छलफल चलेको थियो । छलफलअघि नै नेता नेपालले आफू निकट नेताहरुसँग अध्यक्ष ओलीले पार्टीमा फर्काएर आफूलाई भूमिका बिहीन बनाउने भन्दै दह्रो अडान राखेका थिए ।

बरिष्ठ नेता नेपालको सर्त सुनेपनि अध्यक्ष ओलीले कुनै प्रतिक्रिया जनाएनन् । छलफलपछि नेता नेपालले आफैँले केही सञ्चारकर्मीसँग टेलिफोन संवाद गरी आफूहरूको संवाद सकारात्मक नरहेको र ओली माग पूरा गर्न तयार नभएको बताएका थिए ।

दोस्रो तहका नेताहरू डा भीम रावल र सुरेन्द्र पाण्डेले भने वार्ता सकारात्मक भएको र आज नै निष्कष निस्कने जानकारी दिए । दुई नेताको बीचमा एमाले एक रहेको विषयमा सन्देश दिन एउटा संयुक्त विज्ञप्ति जारी गरेर अघि बढ्ने विषयमा पनि कुराकानी भएको छ । विज्ञप्तिको भाषाको सम्बन्धमा आजको कार्यदल बैठकले अन्तिम टुंगो गर्नेछ ।

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)