thahatimes-ad-thekka-1731652826.jpg
Tuesday, 21st January, 2025
वि.स.

एमाले प्रमुख सचेतकमा महेश बर्तौला

IMG-20240305-WA0021-1709647908.jpg

नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला तोकिएका छन् । बर्तौला यसअघि सचेतक रहेका थिए ।

प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि एमाले संसदीय दलका नेता समेत रहेका केपी शर्मा ओलीले मंगलबार बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरेका हुन् ।

त्यस्तै सांसद सुनिता बराल सचेतक बनेकी छन् । वर्तौला मकवानपुर २ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई पराजित गरेर निर्वाचित भएका हुन् । त्यस्तै सुनिता बराल समानुपातिक सांसद हुन् ।

बर्तौला र बराल दुवै अनेरास्ववियुको पृष्ठभूमिबाट राजनीतिमा उदाएका हुन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०