Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

एमाले थाहानगरको अधिवेशन १३ कात्तिकमा, रायमाझीले उद्घाटन गर्ने

uml-logo-1635477659.jpg

नेकपा एमाले थाहानगरको संघीय संरचनापछिको पहिलो नगर अधिवेशन १३ कात्तिकमा हुने भएको छ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमाले थाहानगरले जनाएको छ । 

थाहाटाइम्ससित कुरा गर्दै एमाले थाहानगर संगठन कमिटीका अध्यक्ष अच्युत्तमप्रसाद ढकालले जेसीज सभाहलमा आयोजना हुने अधिवेशनको एमाले नेता टोपबहादुर रायमाझीले उद्घाटन गर्ने जानकारी दिए । उद्घाटन कार्यक्रममा अधिवेशन प्रतिनिधिहरु, थाहा नगरका १२ वटै वडा अधिवेशनबाट निर्वाचित वडा कमिटीका सदस्यहरु, पार्टी सदस्यहरु, मोर्चा संगठनका सदस्यहरु लगायत करिब एक हजारको उपस्थिति रहने उनले बताए ।

नगर अधिवेशनको बन्द सत्रमा ३०६ जना प्रतिनिधिहरुले भाग लिनेछन् । अधिवेशनले आगामी ३ वर्षका लागि ७५ सदस्यीय नगर कमिटी चयन गर्नेछ ।