Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

एमालेसंगै ७० वर्षको उमेर हद पनि ब्युतियो, के गर्लान् अब ?

Amaleaaa-1615334365.png

एमाले ब्युतिएसँगै शीर्ष नेताहरुलाई अर्को अप्ठ्यारो आइलागेको छ, ७० वर्षको उमेर उमेर हद ।

एमालेको नवौं महाधिवेशनले पारित गरेको विधानमा ‘सबै कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुन उमेरको हद ७० वर्ष’ तोकिएको छ । एमाले र माओवादीबीच एकता भएर नेकपाको अन्तरिम विधान यो उमेर हद हटाइएको थियो । अब एमालेसँगै ७० वर्ष उमेर हद ब्युँतिएको छ ।

र यो लागू हुने हो भने केपी शर्मा ओली, माधवकुमार नेपाल लगायतका नेताहरु प्रभावित हुनेछन् । नेपाल २३ फागुनमा ६९ वर्ष पुगेका छन् भने ओली ११ फागुनदेखि ७० औं वर्षमा प्रवेश गरेका छन् ।