Bhumi11-1619166617.jpg
Friday, 7th May, 2021
वि.स.

एक सातापछि पालुङ स्वास्थ्य केन्द्रमा इमर्जेन्सी सेवा शुरु

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रले स्थगित सेवा सुचारु गर्ने भएको छ । १६ कात्तिकबाट इमर्जेन्सी सेवा मात्र सुचारु गर्ने स्वास्थ्य केन्द्र इन्चार्ज डाक्टर सुबोध चापागाईले जानकारी दिए । ८ कात्तिकमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि सम्पूर्ण सेवा स्थगित गरिएको थियो । 

स्वास्थ्य केन्द्रले ओपिडी सेवा भने अहिले तत्काल संचालन नगर्ने डाक्टर चापागाईले जानकारी दिए । संस्थामा कार्यरत् तीनजना स्वास्थ्यकर्मी कोरोना संक्रमण भई होम आइसोलेशनमा रहेकोले हाललाई इमर्जेन्सी सेवा मात्र सुचारु गर्न लागिएको चापागाईले जानकारी दिए । 

८ कात्तिकमा पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर ३ जना, नर्सिङ स्टाफ २ जना, एच.ए. २ र स्वयंसेवक ल्याब टेक्निसिय १ जना संक्रमितको क्लोज कन्ट्याक ट्रेसिङमा परेपछि सेवा स्थगित भएको थियो । क्लोज कन्ट्याकमा रहेका मध्येपनि २ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै अहिले हाल थाहानगरमा ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भई होम आइसोलेशनमा रहेका छन् । 


 

https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।