nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एक वर्षका २६ एकादशी, कुन व्रत केका लागि बसिन्छ ?

tulasi-1606368574.jpg

हिन्दुधर्मालम्बीहरुले बुधबार र बिहीबार हरिबोधनी एकादशी पर्व मनाउने गरेका छन् । बिहीबार एक घडीमात्रै हरिबोधनी पर्व रहेकोले कतिपयले बुधबार नै एकादशी व्रत बस्ने गरेका छन् भने धेरैले बिहीबारको लागि यो पर्व मान्ने गरेका छन् ।

अहिलेको यो एकादशीबाट भगवान् विष्णुलाई जगाउने एकादशीको रुपमा चिनिन्छ । ४ महिनाअघि शयनको लागि समुद्रमा पुगेका भगवान विष्णु कात्तिक एकादशीका दिन उठेर वैकुण्ठ जान्छन् भन्ने मान्यता रहेको छ ।

सामान्यतया पञ्चाङ्गले एक महिनामा दुई वटा एकादशीको व्यवस्था गरेको छ । एकादशीमा उपवास बस्नेहरु हरेक महिनामा दुई दिन नुन र बिटुलो अन्न नखाएर व्रत बस्ने गर्छन् । तर यही रितले हरेक वर्ष २४ वटा एकादशी र अधिकमास परेको बेलामा २६ वटासम्म एकादशी पर्ने गर्छ । तर यी २६ वटा एकादशीको महत्व के कस्तो हुन्छ त रु

पुराणका अनुसार एकादशी व्रत गर्ने व्यक्ति जीवनमा कहिले पनि संकटमा पर्दैन वा धन र समृद्धिको लागि एकादशी व्रत उपयोगी छ भन्ने धार्मिक मान्यता छ ।

हरेक महिना मनाइने भिन्दाभिन्दै एकादशीको अलगअलग लाभ देख्न सकिन्छ । व्यक्तिको स्वास्थ्य, योनी, राक्षस, प्रेतहरू आदिबाट मुक्ति, विभिन्न पापहरूबाट छुटकारा पाउनको लागि एकादशी व्रत लाभदायक रहेको धार्मिक मान्यता छ ।

चैतदेखि फाल्गुनसम्म मनाइने विभिन्न एकादशीको महत्वलाई तल उल्लेख गरिएको छ ।

–कामदा र पापामोचनी एकादशी चैत्र महिनामा पर्छ । कामदाबाट विभिन्न राक्षस आदिको योनीबाट छुटकारा पाउनको लागि यो एकादशीमा व्रत बस्ने गरिन्छ । त्यस्तै, चैत महिनामा नै बसिने पापमोचनी एकादशीमा छिटो पापबाट मुक्त हुनको लागि व्रत बस्ने गरिन्छ ।

–वैशाखमा वरुथिनी र मोहिनी एकादशीको व्रत बस्ने गरिन्छ । वरुथिनी राम्रो भाग्यदातृ हुन् भने उनले सबै पापबाट मान्छेलाई मुक्त गराउन पनि मद्धत गर्छिन् । मोहिनी एकादशीले मान्छेको विवाहबाट खुशी, समृद्धि र शान्ति प्रदान गर्दछ भन्ने धार्मिक मान्यता छ ।

–अपारा र निर्जला एकादशी जेठ महिनामा मनाउने गरिन्छ । अपरा एकादशीको उपवासले मानिसलाई असिम आनन्द दिन्छ र उसलाई सबै पापबाट मुक्ति दिन्छ भन्ने मान्यता छ । निर्जला भनेको पानीविना उपवास बस्ने एकादशी हो । यो एकादशी व्रतले सबै किसिको इच्छा पूर्ति हुन्छ भन्ने विश्वास लिइन्छ ।

–योगिनी र देवशायनी एकादशी आषाढ महिनामा पर्छ । योगिनी एकादशीले सबै पापहरू हटाउँदै पारिवारिक आनन्द प्राप्त गर्न मद्धत गर्छ ।

– कामिका र पुत्रदा एकादशी श्रावण महिनामा पर्छ । कामिका एकादशीको उपवासले जीवलाई सबै पापबाट मुक्त गरेर कुयोनी प्राप्त गर्न दिँदैन भन्ने धार्मिक मान्यता छ भने पुत्रदा एकादशीमा सन्तान खुसीको लागि व्रत बस्ने गरिन्छ ।

–भाद्र महिनामा अजा र परिवर्तिनी एकादशी पर्छ । अजा एकादशीमा सन्तानको संकट समाधानको लागि व्रत बसिन्छ भने परिवर्तिनी एकादशीमा सबै दुःख नास गर्न सकिन्छ भन्ने मान्यता छ ।

–इन्दिरा र पापांकुषा एकादशी आश्विन महिनामा पर्छ । इन्दिरा एकादशीमा पितृऋणबाट मुक्त हुन र पूर्खाको सत्गतिको लागि व्रत बस्ने गरिन्छ । पापांकुषा एकादशीमा पापबाट मुक्ति पाउनकै लागि व्रत बसिन्छ ।

– रमा र प्रबोधिनी एकादशी कार्तिक महिनामा पर्ने गर्छ । रमा एकादशीमा आनन्द र ऐश्वर्यको लागि व्रत बस्ने गरिन्छ भने प्रबोधिनी वा हरिबोधनी एकादशी उपवासले भाग्य चम्काउन मद्धत मिल्छ । यसदिन तुलसी पूजा पनि गरिन्छ ।

– मंसिरमा उत्पन्ना र मोक्षदा एकादशी मनाउने गरिन्छ । उत्पन्ना एकादशीमा व्रत बस्दा हजारौं वाजपेयी र अश्वमेध यज्ञ गरेको नतिजा मिल्छ । यसले देवता र पूर्खाहरूलाई सन्तुष्ट तुल्याउँछ । मोक्षदा एकादशी नामैले एक मुक्तिको नाम हो ।

– सफला र पुत्रदा एकादशी पौष महिनामा आउँछ । सफला एकादशीमा सफलता प्राप्तिको लागि व्रत बस्ने गरिन्छ भने सन्तान प्राप्तिको लागि पुत्रदा एकादशीको व्रत बस्ने गरिन्छ ।

– षट्तिला र जया एकादशी माघ महिनामा मनाउने गरिन्छ । षट्तिला एकादशीको उपवास दुर्भाग्य, गरिबी र धेरै प्रकारका दुःखबाट मुक्ति पाउन गर्ने गरिन्छ भने जया एकादशीको उपवास विभिन्न किसिमको पापबाट मुक्ति पाउनको लागि गरिन्छ ।

–फाल्गुन महिनामा विजया र अमलाकी एकादशीको व्रत बस्ने गरिन्छ । विजया एकादशीको व्रतले भयंकर समस्याबाट छुटकारा पाउन सकिन्छ भने शत्रु नाश गर्न पनि मद्धत गर्छ भन्ने मान्यता छ । अमलाकी एकादशीमा भने सबै प्रकारका रोगबाट मुक्ति पाउनको लागि व्रत बस्ने गरिन्छ ।

यसबाहेक अधिकमासमा थप दुई एकादशीहरु पर्ने गर्छन् । पद्मिनी ९कमला० र परमा एकादशी अधिकमासका एकादशीहरु हुन्। पद्मिनी एकादशीको उपवास सन्तानको कीर्ति र मुक्तिको लागि मद्दत गर्छ भन्ने विश्वास छ भने परमा एकादशीले धन र सम्पन्नता प्रदान गर्छ र पापहरूलाई नष्ट गर्न पनि राम्रो हुन्छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)