Friday, 7th August, 2026
वि.स.

ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्रको सेवाबारे अब मोबाइलबाटै सुझाव दिन सकिने, ‘क्युआर सेवा’ सार्वजनिक

FB_IMG_1785855318039-1785-1786071290.jpg

थाहानगर ।  मकवानपुरको थाहा नगरपालिका स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल ऋषेश्वर/छ्युमिग झ्याङछुपको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन डिजिटल गुनासो तथा सुझाव संकलन सेवा सुरु गरिएको छ। ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समितिले ‘क्युआर सेवा’ सार्वजनिक गर्दै उक्त प्रविधिमा आधारित सेवाको थालनी गरेको हो।

​अब ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्रमा आउने भक्तजन, पर्यटक तथा स्थानीय नागरिकले धार्मिक सेवा, पर्यटन प्रवर्धन, सरसफाइ, भौतिक पूर्वाधार, सुरक्षा व्यवस्था, कर्मचारी एवं स्वयंसेवकको व्यवहारका साथै पुजारी तथा लामाको सेवा सम्बन्धमा जुनसुकै गुनासो वा सुझाव मोबाइलबाटै पठाउन सक्नेछन्।

​समितिका अध्यक्ष बिनोद कुमार लामाका अनुसार नागरिक तथा दर्शनार्थीहरूको प्रत्यक्ष प्रतिक्रिया लिएर मन्दिर परिसरको व्यवस्थापन र सेवा प्रवाहलाई पारदर्शी एवं सुदृढ बनाउन यो कदम चालिएको हो। "कुनै पनि नागरिकले २४ सै घण्टा घरै बसेर वा मन्दिर परिसरबाटै क्युआर स्क्यान गरी आफ्ना सुझाव वा गुनासो पठाउन सक्नुहुनेछ," अध्यक्ष लामाले भने, "सामाजिक सञ्जालमार्फत पनि यो क्युआर सर्वसाधारणको पहुँचमा पुर्‍याइएको छ।"

​डिजिटल माध्यमबाट प्राप्त हुने सुझाव तथा गुनासोहरूलाई समितिले नियमित अनुगमन र समीक्षा गर्दै तत्काल सुधारात्मक कदम चाल्ने जनाएको छ। क्षेत्र विकास समितिको यस नवीन पहलले मन्दिरको समग्र व्यवस्थापनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif