Sunday, 13th September, 2026
वि.स.

पृथ्वी राजमार्ग भदाै महिनाभित्र  खुलाउने तयारी

1000045736-1789277765.jpg

त्रिशूली नदीको कटानका कारण कृष्णभिरमा भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग भदाै महिनाभित्र सञ्चालनमा ल्याउने गरी सडक निर्माणको काम तीव्र पारिएको छ।

राजमार्गसँगैको भिर काटेर सडकको नयाँ सतह तयार गर्ने काम भइरहेको हो। मुग्लिङ–मलेखु सडक आयोजना प्रमुख सजन अधिकारीका अनुसार भिर काट्ने मुख्य काम सकिएको छ। अब सडकको ग्रेड मिलाउने, सतह निर्माण गर्ने, कम्प्याक्सन र ग्राभेलको काम पूरा गरेपछि यातायात सञ्चालनमा ल्याइनेछ।

कामको गति यस्तै रहेमा दुईदेखि तीन दिनमै सडक सञ्चालनमा ल्याउन सकिने आयोजनाले जनाएको छ। करिब १५२ मिटर लामो क्षेत्रमा भिर काटेर सडकका लागि करिब १० मिटर चौडाइको भाग तयार गरिएको छ।

सडक निर्माणका लागि एक्साभेटर, बुल्डोजर, लोडर, ब्याकहो, टिप्पर, रक ब्रेकर र ग्रेडरलगायतका उपकरण परिचालन गरिएको छ। आयोजनाका इन्जिनियर धिरण ढकालका अनुसार राजमार्ग छिटो सञ्चालनमा ल्याउन दिनरात काम भइरहेको छ।

कृष्णभिर लामो समयदेखि पृथ्वी राजमार्गका लागि जोखिमयुक्त क्षेत्रका रूपमा रहँदै आएको छ। २०५७ सालदेखि नै भिरमा कटान र पहिरोको समस्या देखिँदै आएकोमा पछिल्लो पटक १४ भदौमा सडकको ठूलो भाग भासिएपछि राजमार्ग पूर्ण रूपमा प्रभावित भएको हो।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०