Tuesday, 22nd September, 2026
वि.स.

उपभोक्ता हित संरक्षण मञ्च थाहानगरको शकुन्तलाको नेतृत्व

sakun-1608036424.jpg

उपभोक्ता हित संरक्षण मञ्च थाहानगर समितिको अध्यक्षमा शकुन्तला गोपाली चयन भएकी छिन् । 

उपभोक्ता हित संरक्षण मञ्च मकवानपुर जिल्ला उपाध्यक्ष शान्ति सुवेदी (शिान्ति प्रिय बन्दना) को प्रमुख आतिथ्यमा मञ्चको थाहानगरमा कार्यसमिति गठन भएको हो ।  नव गठित समितिको उपाध्यक्षमा दिनेश वल, सचिव ईच्छापुर्ण कार्की कोषाध्यक्ष उर्मिला गोपाली र सदस्यहरुमा हरि मगर, सुमन विष्ट र नारायण लामा चयन भएका छन् । 

थाहानगरमा उपभोक्ताहरुको हितमा काम गर्न मञ्चको नगरस्तरिय संयत्र निर्माण गरिएको मञ्चकी मकवानपुर जिल्ला उपाध्यक्ष शान्ति प्रिय बन्दनाले बताइन् ।  

नव गठित समितिकी अध्यक्ष शकुन्तला गोपालीले कार्य समिति आवश्यक्ता अनुसार विस्तार गरिने र उपभोक्ताहरुको हितमा काम गर्न मञ्च क्रियाशिल हुने प्रतिक्रिया दिइन् । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०