nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

उत्खनन् मापदण्डका कारण उत्पन्न समस्याका विषयमा संघीय मन्त्रालयसंग छलफल

jisasasasa1-1606407918.jpg

नदिजन्य पदार्थ (ढुंगा, गीट्टी, बालुवा) को उत्खनन्का सन्र्दभमा नेपाल सरकारबाट जारी मापदण्डका कारण उत्पन्न समस्याका बिषयमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवसंग छलफल भएको छ । जिसस महासंघका बागमती प्रदेश अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको टोलीले ११ मंसिरमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालसंग मन्त्रालयमा भेटघाट गर्दै प्राकृतिक स्रोत (ढुंगा, गीट्टी, बालुवा) को उत्खनन्का सन्र्दभमा जारी मापदण्ड र गृहमन्त्रालयद्धारा जारी परिपत्रका कारण उत्पन्न समस्याका विषयमा छलफल गरेको हो ।

छलफलमा प्रमुख खुलालले नेपाल सरकारबाट जारी मापदण्ड र गृहमन्त्रालयद्धारा जारी परिपत्रका कारण प्राकृतिक स्रोतको उत्खन्न हुन नसक्दा विकास निर्माण ठप्प हुनुका साथै स्थानीय तहको आयस्रोतमा समेत असर पर्ने बताए । उनले मापदण्डका कारण आइइ स्वीकृत गर्न नसक्दा नदिजन्य पदार्थको ठेक्का बन्दोबस्ती समेत हुन नसकेको र स्थानीय तहको भौतिक विकास तथा विभिन्न योजनाहरुमा समेत असर पर्ने देखिएको बताए । उनले मापदण्डका कारण उत्खन्न नहुँदा नदिजन्य पदार्थको अभाव हुन थालेको विषयमा ध्यानाकर्षण गराउँदै विकास निर्माणको समय सुरु भएकोले मापदण्डको दफा ४ को १० मा रहेको प्रावधानको परिमार्जनका लागि आग्रह गरे ।

सो अवसरमा प्रमुख खुलालले सचिव अर्यालसंग जिल्ला समन्वय समितिहरुमा प्राविधिक कर्मचारी (ईन्जिनियर) को अभाव रहेको बिषयमा समेत छलफल भएको थियो । अधिकांश जिससमा प्राविधिक कर्मचारी नहुँदा अनुगमनलगायतका काममा समस्या सृजना हुने गरेको भन्दै प्राविधिक कर्मचारी पठाउन वा करारमा नियुक्तिको लागि कार्यालयलाई अनुमति दिन आग्रह गरे । त्यस्तै साविकमा जिल्ला विकास समितिमा कार्य गरि अवकास प्राप्त कर्मचारीको उपदान सम्बन्धी समस्याका विषयमा समेत छलफल भएको प्रमुख खुलालले बताए । छलफलका क्रममा सचिव अर्यालले जिल्ला समन्वय समितिमा परेका समस्याहरुका विषयमा सकारातक प्रतिकृया दिँदै आफु गम्भीर रुपमा समाधानमा लाग्ने बताउनुभएको प्रमुख खुलालले बताए ।

जिसस महासंघका बागमती प्रदेश अध्यक्ष एवम् जिसस मकवानपुरका प्रमुख खुलालको नेतृत्वमा गएको टोलीमा जिसस काठमान्डौंका प्रमुख शिवशुन्दर राजबैद्य, जिसस महासंघका केन्द्रिय प्रवक्ता एवम् जिसस भक्तपुरका प्रमुख नवराज गेलाल, जिसस सिन्धुपाल्चोकका प्रमुख तामाङ्, गाउँपालिका महासंघ बागमती प्रदेशका सदस्य एवम् मनहरी गाउँपालिकाका अध्यक्ष उकराज उप्रेतीलगायतको सहभागिता थियो । टोलीले सुचना तथा प्रविधि मन्त्री पार्वत गुरुङसंग समेत भेटघाट गरेर समसामयिक विषयमा छलफल गरेको छ ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)